एसीसी ट्वान्टी-ट्वान्टी कप क्रिकेटमा नेपालको जीत


ACC 20 Twenty match
काठमाडौ, मंसिर १७ - नेपालले एसीसी ट्वान्टी(ट्वान्टी कप क्रिकेटको उदघाटन खेलमा शनिबार विजयी सुरुआत गरेको छ । नेपालले हङ्कङ माथि रोमाञ्चक २ विकेटको जित हात पारेको छ
नेपालले खेलमा फर्कदै रोमाञ्चक २ विकेटको जित हात पारेको छ । नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १सय १५ रन बनायो ।  राहुलले अन्तिम बलमा एक रन लिदै नेपाललाई जित दिलाए ।
नेपाल जितको नजिक । १९ औं ओभरमा नेपालले १६ रन जोड्यो । अन्तिम ओभरमा जितकालागि ६ बलमा आठ रन आवश्यक । दुई विकेट बाँकी । प्रदीप ऐरी आउट । राहुल क्रिजमा
नेपाललाई अर्को झटका । पारस ४४ रनमा आउट भए । उनी अर्धशतक पुरा गर्नबाट ६ रनले चुके ।
पारसको छक्का । उनको ब्यक्तिगत रन ४४
नेपाललाई जितकालागि  १८ बलमा ३५ रन आवश्यक ।
नेपाल दवावमा । नेपाललाई जित्नकालागि चाहिने रनरेट पनि बढ्यो । १७ ओभर समाप्तिसम्म नेपालको ६ विकेट क्षतिमा ८० रन ।
विनोदले खाता खोल्न सकेनन् । उनी सुन्यमा आउट भए । अर्का ब्याट्सम्यान बसन्त रेग्मी

नेपाललाई अर्को झटका । १३ रन जोडेका पृथु वास्कोटा छक्का प्रहार गर्ने क्रममा वाउन्ड्रीलाईनमा समातिए । अर्का ब्याट्सम्यान विनोद भण्डारी
अव नेपाललाई जितकालागि ८ को रनरेट आवश्यक । नेपाली दर्शकहरु राष्ट्यि झण्डाका साथ नेपाली टिमको समर्थनमा  । करिव ७ सातहजार दर्शन खेलहेर्न किर्तिपुर मैदानमा उपस्थित
१४ ओभर सकिदा नेपालको ४ विकेट क्षतिमा ७१ रन । पारश ३३ तथा पृथु ९ रनमा क्रिजमा  । जितकालागि ३६ बलमा ४४ रन आवश्यक । नेपालको ६ विकेट बाँकी
खेलको १४ औं ओभरमा पृथुको छक्का
१३ ओभर सकिदा नेपालले चार विकेट क्षतिमा ५९ रन बनायो ।
उफ । नेपाललाई अर्को झटका । ज्ञानेन्द्र १९ रन जोडदै रन आउटको शिकार बने । उमेर समूहको नेपाली टिमका कप्तान पृथु बास्कोटा मैदानमा । सिनियर र जुनियर कप्तान क्रिजमा
पारसले आक्रामक ब्याटिङ गरेका छन् । उनले एघार ओभर समाप्तिसम्म २६ रन बनाएका छन् । ज्ञानेन्द्र १९ रनमा छन् । नेपालले ५१ रन जोडेको छ ।
दश ओभर सकिदा नेपालले ३ विकेट क्षतिमा ४४ रन जोडेको छ । यस अघि हङकङले १० ओभर सहिदा चार विकेट गुमाउदा ६९ रन बनाएको थियो ।
आठ ओभर सकिदा ज्ञानेन्द्र १२ र पारस १४ रन जोडदै क्रिजमा । तीन विकेट क्षतिमा ३२ रन
ज्ञानेन्द्रले १२ रन बनाईसकेका छन् । सात ओभर सकिदा नेपालले तीन विकेट गुमाउदै २३ रन जोडेको छ ।
पाँच ओभरको समाप्तिसम्म नेपालले ३ विकेट क्षतिमा २० रन बनाएको छ । नेपालको कमजोर सुरुआत
तीन विकेट गुमेपछि नेपाल केहि दवावमा । अव नेपाली इनिङ सम्हाल्ने जिम्मेवारी कप्तान पारश र उपकप्तान ज्ञानेन्द्रलाई । प्रशिक्षक पुवुदु दसानायकेले यि दुई खेलाडीमा खेल परिवर्तन गर्न सक्ने क्षमता रहेको बताएका थिए ।
चौथो ओभरसम्म नेपालले तीन विकेट गुमाउदै १८ रन जोडेको छ । ज्ञानेन्द्रको १० तथा पारसको ३ रन
मैदानमा प्रवेश गर्ने नयाँ खेलाडीमा कप्तान पारस खड्का । कप्तान र उपकप्तान क्रिजमा
नेपाललाई अर्को निराशा । विस्फोटक महवुव २ रनमात्र जोडदा स्टम्पिंग भए । नेपालले तीन विकेट क्षतिमा १४ रन बनायो ।
तेस्रो ओभर समाप्तिसम्म नेपालले दुईविकेट गुमाउदै  १२ रन बनाएको छ । अनुभवि उपकप्तान ज्ञानेन्द्र र विस्फोटक महवुव आलम क्रिजमा छन् । 
नेपालको तर्फबाट चौथो खेलाडीको रुपमा महवुव आलम क्रिजमा । दुई ओभर समाप्तिसम्म नेपालले दुईविकेट क्षतिमा ६ रन जोडेको छ ।
नेपाललाई अर्को झटका । ओपनर अनिल एक रनमा बोल्ड । नेपाले दोस्रो ओभर सम्म दुईविकेट गुमाएको छ ।
ज्ञानेन्द्र तेस्रो क्रममा ब्याटिङ गर्न मैदानमा । उनले चौका प्रहार गरे
नेपाललाई झटका । सुवास ८ रन जोडदा बोल्ड भए ।
नेपालले ब्याटिङ सुरु गरेको छ । सुवास खकुरेलले  अनिल मण्डलले इनिङ सुरु गरेका छन् ।
हङ्कङ को पहिलो इनिङ  सकियो । नौ विकेट क्षतिमा १सय१४ रन । नेपाल सामु १सय १५ रनको लक्ष्य
अर्को सफलता । कप्तान पारसलाई विकेट । पाहुना टिम नौं विकेट क्षतिमा १सय १० मा ।
नेपाललाई  अर्को सफलता । अन्तिम ओभरमा हङ्कङ का खेलाडीलाई कप्तान पारस खड्का र सुवास खकुरेलले रनआउट गरे ।

१९ ओभर समाप्तिसम्म हङ्कङ ले सात विकेट गुमाउदै १सय ९ रन बनायो ।
हङ्कङ ले १८ ओभर समाप्तिसम्म १सय ७ रन बनायो ।
हङ्कङ लाइ अर्को झटका । कप्तान पारस ले अठारौं ओभरको पहिलो बलमा विकेट लिए । उनको तेस्रो ओभर ।
अमृतलाई सफलता । हङ्कङ को विकेट गयो । उसले ६ विकेट क्षतिमा ९५ रन बनायो ।
हङ्कङ विरुद्ध १५ औं ओभरमा अमृतको बलिङ  । हङ्कङ ५ विकेट क्षतिमा ९३
खेलको १४ औं ओभरमा बसन्त आफ्नो तेस्रो ओभरमा बलिङ गर्दै । हङ्कङ को ५ विकेट क्षतिमा ८८ रन
१३ ओभर समाप्तिसम्म हङ्कङको ५ विकेट क्षतिमा ८२
खेलको १३ औं ओभरमा महवुव आलम टियु इन्डबाट बलिङ गर्न आएका छन् । उनको अन्तिम ओभर
खेलको १२ औ. ओभर । राहुल विश्वकर्माको बलमा अमृत भट्टराईले क्याच आउट गरे । हङ्कङ ले ५ विकेट क्षतिमा ७८ रन जोडेको छ ।
सुरुआती ओभरमा दवावमा देखिएको नेपालले आफुलाई सम्हाल्दै खेलमा फर्किएको छ । एघार ओभरको समाप्तिसम्म हङ्कङले ४ विकेट क्षतिमा ७५ रन जोडेको छ ।
बसन्तको मेडन ओभर । हङ्कङ ४ विकेट क्षतिमा ६९ रनमा
हङ्कङ को अर्को विकेट गयो । बसन्त रेग्मीको बलमा राहुल विश्वकर्मामो क्याच । हङ्कङ ६९ रन जोडदा ४ विकेट क्षतिमा
आठ ओभरको समाप्तिसम्म  हङ्कङ ले तीन विकेट क्षतिमा ६३ रन बनाएको छ । नेपालकालागि बसन्त रेग्मीले एक तथा महवुव आलमले दुई विकेट लिएका छन् ।
प्रतियोगिताको पहिलो खेल सुरु भएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय मैदान परिसरमा नेपाली राष्ट्रिय झण्डाको साथमा उल्लेख्य दर्शक उपस्थित भएका छन् । नेपाली टिमका लागि यो सधै प्लस प्वाइटको रुपमा रहेको हुन्छ ।
रोय डायसपनि ओमानको टिम प्रशिक्षकको रुपमा काठमाडौंमा रहेका छन् । ओमान प्रतियोगिताको समूह 'ए'मा रहेको छ ।
पूर्व श्रीलंकाली प्रशिक्षक रोय डायसको स्थानमा नेपाली टिम सम्हालेका अर्का श्रीलंकाली प्रशिक्षक पुवुदु दासानायकेको यो पहिलो औपचारिक प्रतियोगिता हो । उनको प्रशिक्षणमा क्यानडाले विश्वकप क्रिकेटको यात्रा तय गरेको थियो । नेपाली टिमको कप्तान पारश खड्का रहेका छन् ।
श्रीलंकामा हुने ट्वान्टी-ट्वान्टीविश्वकप २०१२ को पहिलो चरणको छनोट प्रतियोगिताको उत्कृष्ठ तीन टिमले युएईमा सन् २०१२ को मार्चमा हुने छनोटमा भाग लिन पाउने छन् । अफगानिस्तान वान-डे मान्यताका कारण स्वत छनोट चरणमा छनोट भईसकेको छ । त्यसकारण अफगानिस्तान बाहेक एसियाली क्षेत्रका तीन देश सहभागि हुन पाउने छन् ।
प्रतियोगिताको तेस्रो संस्करणसम्म समूह चरणमा नेपाल र हङकङको यो पहिलो भेट हो । समूह बी' मा नेपाल र हङकङ सहित युएई, कुवेत र साउदी अरेविया रहेका छन् । नेपाल यस अघिका संस्करणमा सेमिफाइनल पुग्न सकेको छैन ।
टस जितेर हङकङले पहिले ब्याटिङ रोजेको छ ।
प्रतियोगिताको पहिलो खेलमा आयोजक नेपाल र हङ्कङ भिडदैछन् ।
एसीसी ट्वान्टी-ट्वान्टी कप क्रिकेटको उदघाटन खेलमा त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा स्वागत छ । इ-कान्तिपुर डट् कम किर्तिपुर मैदानबाट प्रत्यक्ष टेक्सट लाइभ गरिरहेका छौं । लाइभमा शरद धितालका साथमा हिमेश वज्राचार्य र जगदिश्वर पाण्डेको स्वागत छ ।

Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page