नेपाल जितबाट वञ्चित


saff championship 2011 india
काठमाडौ, मंसिर १७ - उत्कृष्ट प्रदर्शन । बलमाथि पकड । प्रतिद्वन्द्वी दबाबमा । तैपनि पाएका थुप्रै मौकामा चुकेको स्थिति । यस्तोमा आफ्नै गल्तीमा खाएको गोल । एक गोलले पछि परेको अवस्थामा सुधार गर्दै हात पारेको एक अंक ।
माथिका अनुच्छेद नेपालले नयाँदिल्लीमा सुरु साफ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध शुक्रबार पस्केको खेलको ऐना माने फरक पर्ने छैन । ठीक उस्तै खेल नेपालले दुई वर्षअघि ढाकामा पस्केको थियो । दुवै खेलको विशेषता र नतिजामा कुनै भिन्नता छैन । दुई वर्षअघि र अहिलेको भेट दुवैका लागि प्रतियोगिताको सुरुआत थिए ।
खेल स्थल, अहिले दिल्ली र दुई वर्षअघि ढाका । अहिलेको संस्करण सातौं र दुई वर्षअघि छैटौं । अनि उही खेलाडी -दुई वर्षअघिको गोलकर्ता) बाट सम्भव नभएका गोल । दुई भेटका फरक हुन् यी । यस्तोमा दुवै टिममा दुई वर्षअघिकै खेलाडीको वर्चस्व रह्यो । त्यो बेला अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका योगेश श्रेष्ठले पहिलोपल्ट बल छुँदै गरेको क्रसमा जुमनु राईले गोल गरेर नेपाललाई १-१ को स्थितिमा पुर्‍याएका थिए ।
यसपल्टका नेपाली गोलकर्ता रहे, सन्दीप राई । कर्नर किकमा प्राप्त बललाई हेडद्वारा फस्ट बार च्याप्दै उत्कृष्ट रूपमा पोस्टको दिशा दिएका थिए । खेलको पहिलो कर्नरमा सम्भव त्यही गोलले नेपाललाई १-१ को स्थितिमा पुर्‍याएको थियो । अन्ततः त्यही स्कोरमा खेल टुंगियो । तर नेपाल उत्कृष्ट प्रदर्शनसँगै दर्शकको मन जित्न भने सफल रह्यो ।
पहिलो दस मिनेट माल्दिभ्सले उत्कृष्ट प्रदर्शन गर्‍यो । त्यो अवधिमा बल नेपालको गोलपोस्ट वरिपरि थियो । दुवै हाफको
इन्ज्युरी टाइम छाडेर खेलको बाँकी अवधि हेर्ने हो भने बलमाथि नियन्त्रण राख्दै नेपालले माल्दिभ्सलाई उसकै क्षेत्रमा व्यस्त हुन बाध्य बनाएको थियो ।
पहिलो हाफको इन्ज्युरी टाइममा अली अस्फकले गोल गर्दै माल्दिभ्सलाई १-० ले अघि बढाएका थिए । काउन्टर एट्याकमा बल अघि बढाउँदै उनले सातौं साफको पहिलो गोल गरेका थिए । उनले पेनाल्टी क्षेत्रबाहिरबाट बल प्रहार गरेका बेला नेपाली गोलकिपर किरण चेम्जोङ सही पोजिसनमा थिएनन् ।
अस्फकले ४२ औं मिनेटमा किरणलाई बिट गर्दै प्रहार गरेको बल खाली पोस्टतर्फ गइरहेको स्थितिमा रोहित चन्दले क्लियर गर्दै नेपालको संकट टारेका थिए । अस्फकले नेपाली डिफेन्स लाइनलाई बेला-बेला अप्ठ्यारोमा पारेका थिए ।
तीन वर्षअघिको साफ च्याम्पियन माल्दिभ्सविरुद्ध दोस्रो हाफमा नेपालले गोलका तीन सुन्दर अवसर उपयोग गर्न सकेन । सब्स्िटच्युट जुमनुले दुई अवसर खेर फाले । एक अवसरलाई अनिल गुरुङले गोलमा परिणत गर्न सकेनन् ।
पन्ध्रौं मिनेटमा सन्दीपले पेनाल्टी क्षेत्रबाहिरबाट प्रहार गरेको बल गोलपोस्ट नजिकिँदै बाहिरियो । खेलमा नेपालको पहिलो आक्रमण थियो, त्यो । रोविन श्रेष्ठले ५४ औं मिनेटमा प्रहार गरेको बल क्रसबारमा लागेर बाहिरियो ।
यसअघि सातौं साफ च्याम्पियनसिपको पहिलो खेल गोलरहित टुंग्याएर बंगलादेश र पाकिस्तानले अंक बाँडे । उक्त नतिजासँगै समूह 'बी' मा चारै टिमले एक-एक खेलबाट एक-एक अंक जोडेका छन् ।
समूह बी
टिम    खेल    जित    ड्र    हार    गोल    अंक
माल्दिभ्स    १    -    १    -    १-१    १
नेपाल    १    -    १    -    १-१    १
बंगलादेश    १    -    १    -    ०-०    १
पाकिस्तान    १    -    १    -    ०-०    १
नेपाल        माल्दिभ्स
    १    गोल    १
    २    कर्नरकिक    २
    २    पि|mकिक    ५
    १०    आक्रमण    २
    ३    गुमाएको मौका    ०
    १    अफसाइड    १
    ३    पहेंलो कार्ड    २

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page