पेट्रोलियम पदार्थको मूल्य बृद्धिमा पुनर्विचार गर्ने तयारी


११ माघ, काठमाडौं । सरकारले भोलि पेट्रोलियम पदार्थको मूल्य बृद्धिमा पुनर्विचार गर्ने तयारी गरेको छ । सत्तारुढ एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बुधबार बसेको बैठकमा पदार्थको मूल्य बृद्धिमा पुनर्विचार गर्ने सहमति भएको छ ।
यसका लागि भोलि मन्त्रिपरिषद् बैठक बस्नेछ । ‘सरकारमै भएका दलका विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका छन्, यो सुहाउँदो भएन’ महिला बालबालिका तथा समाज कल्याणमन्त्री दानबहादुर चौधरीले भन्नुभयो-’त्यसैले भोलि आपूर्तिमन्त्रीसँग छलफल गरेर मूल्य बृद्धिमा पुनर्विचार गर्ने सहमति भएको छ ।
बैठकमा अवरुद्ध शान्ति प्रक्रिया अघि बढाउने सहमति भएको छ । बैठकमा मधेसी मोर्चाका नेताहरुले भोलि नै सेना समायोवन विशेष समितिको बैठक बोलाउन आग्रह गरेका छन् ।
यस्तै द्वन्द्वकालमा माओवादी जनसत्ताले गरेका जग्गासम्बन्धि कामलाई मान्यता दिने सरकारी निर्णयपछि उत्पन्न विवाद समाधानबारे भोलि प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकमा सहमति खोज्ने निर्णय भएको छ । ‘अदालतले पनि कार्यान्वयन नगर्न भनिसकेको छ, हामीले पनि कार्यान्वयन नगर्न भनेका छौं’ मन्त्री चौधरीले भन्नुभयो-’यसबारे भोलीको बैठकमा जे सहमति हुन्छ, त्यही अनुसार अघि बढ्ने सहमति भएको छ ।’
विपक्षी दलहरुले जनसत्ताको कामलाई मान्यता दिने निर्णय खारेजको माग गर्दै संसद अबरुद्ध पार्दै आएका छन् । सरकार र माओवादीले भने सर्वोच्च अदालतको आदेश अनुसार निणृय स्थगित गरिएको भन्दै संसद सुचारु गर्न विपक्षी दललाई आग्रह गर्दै आएको छ ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page