काठमाडौं, माघ ८- माओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित नयाँ घरमा शुक्रबार पहिलो पाहुना बने, एमाले नेता माधवकुमार नेपाल। माओवादी र अरू दलबीच तिक्तता बढिरहेका बेला दाहाल र नेपालले भर्खरै रंगरोगन गरिएको नयाँ घरको फराकिलो बैठक कोठामा लामो कुराकानी गरे। स्रोतका अनुसार व्यवहारिक विषयमा फरासिला नेता नेपालले दाहाललाई 'राम्रो घरमा सरेकोमा' बधाइसमेत दिन भ्याए।
माओवादी शान्ति प्रक्रियामा आएपछि दाहाल केही साता होटल फेर्दै बसेका थिए। त्यसपछि उनी नयाँबजार खुसिबु टाउन प्लानिङमा डेरा सरेका थिए। त्यहा" पा"च वर्षको बसाइपछि दाहाल बिहीबार लाजिम्पाटको घरमा सरेका हुन्। यो घर दुई महिनाअघि नै भाडामा लिएर मर्मतसम्भार र रंगरोगन गरिएको थियो।
लामो समयदेखि पार्टी उपाध्यक्ष मोहन वैद्य खेमास"गको विवाद सल्टिएपछि मात्र दाहाल डेरा सरेको टिप्पणी गर्नेहरू पनि छन्। 'पार्टीभित्रको विवाद थामथुम नभएको भए अध्यक्ष अहिले डेरा नसर्ने सम्भावना थियो,' स्रोतले भन्यो, 'सबै जोखाना ठिक भएपछि उहा"लाई सजिलो भयो।'
दाहाल दुई वर्षदेखि नै फराकिलो घरको खोजीमा थिए। नयाँ घरमा पा"च वर्षको सम्झौता गरिएको छ। त्यसमा तीन रोपनीको कम्पाउन्डमा दुईवटा घर छन्। पन्ध्रवटा कोठा छन्। अढाइ तल्ले मूल घरमा दाहाल बस्छन् भने अर्को घर सुरक्षाकर्मी र सचिवालयको भागमा परेको छ।
'नयाँबजार सा"घुरो भएको र सुरक्षाका कारण पनि बसाइ सर्नुपरेको हो,' दाहालका निजी सचिव समिर दाहालले भने, 'स्वर्गीय गिरिजाप्रसाद कोइराला लगायत नेताले पनि नयाँबजार भएन, फराकिलो ठाउँ हुनुपर्यो भनेर पटकपटक सुझाव दिनुभएको थियो।'
सुरक्षाकर्मी, अगुवापछुवा मोटर र पाहुनाको ओहोरदोहोर हु"दा नयाँबजारमा पार्किङको असाध्यै समस्या बेहोर्नुपरेको समिरले बताए। त्यहा"को कम्पाउन्डमा एउटा मोटर मात्र अटाउ"थ्यो। पार्टी पदाधिकारी, स्थायी समिति बैठक र अरू दलका नेतास"ग बाक्लो भेटघाटका बेला सडकैभरि पार्किङ गर्नुपर्ने बाध्यताले पनि दाहाल दिक्क थिए।
लाजिम्पाटको घरमा कम्पाउन्डभित्रै आठ/दसवटा मोटर पार्किङ गर्न सकिन्छ। 'नयाँ बजारमा शीर्षनेता र राजदूतले पनि मोटर वरै रोकेर हि"ड्नुपर्थ्यो,' स्रोतले दाबी गर्यो, 'त्यस्तो शोभनीय भएन भनेर नयाँ डेरा खोज्नुपरेको हो।'
दाहालको सुरक्षाका लागि सरकारले नेपाल प्रहरीका इन्सपेक्टर दानबहादुर मल्लको कमान्डमा २० जना खटाएको छ। सशस्त्रको पनि ५० जनाको दस्ता छ।
समिरले एक व्यापारीको सहयोगमा घर खोजिएको बताएका छन्। 'भाडा तय भइसकेको छैन,' उनले भने।
समिरले एक व्यापारीको सहयोगमा घर खोजिएको बताएका छन्। 'भाडा तय भइसकेको छैन,' उनले भने।
स्रोतले भने मासिक १ लाख ३ हजार रुपैयाँका दरले भाडा तिर्न थालेको दुई महिना भइसकेको दाबी गरेको छ। कम्पाउन्डको पर्खाल, बगैंचा तथा आ"गनको मर्मतसम्भार र घरको बाहिरी तथा भित्री सजावटमा पर्याप्त ध्यान दिइएको छ।
गेटदेखि घरको मूलढोकाको दाया"पट्टि रहेको तुलसी मठसम्म रंगरोगन गरेर चिटिक्क पारिएको छ।
गेटदेखि घरको मूलढोकाको दाया"पट्टि रहेको तुलसी मठसम्म रंगरोगन गरेर चिटिक्क पारिएको छ।
'घरको बाहिरी भागमा एक नम्बर क्वालिटीको वेदरकोट र भित्र इमल्सन, प्लास्टिक पेन्ट तथा वालपेपर प्रयोग गरिएको छ,' त्यहाँ काममा खटिएका एक मिस्त्रीले भने।
दहाल स्वास्थ्य र खानपानमा ख्याल राख्छन्। नयाँ निवासमा उनको व्यायामका लागि टेबुलटेनिस कोर्ट पनि बनिसकेको छ।
दहाल स्वास्थ्य र खानपानमा ख्याल राख्छन्। नयाँ निवासमा उनको व्यायामका लागि टेबुलटेनिस कोर्ट पनि बनिसकेको छ।
दाहालसँगै मूलघरमा श्रीमती सीता, छोरी गंगा, यिनै छोरीपट्टिकी नातिनी स्मिता, छोरा प्रकाश, बुहारी सिर्जना र छोरोपट्टिको नाति प्रसिद्ध बस्छन्।