जेठ १४ मा पनि संविधान नबने संघर्ष'



काँकडभिट्टा­, माघ १ - शान्ति प्रकृयाYAN टुंग्याएर कुनै हालतमा जेठ १४ भित्र संविधान निर्माण गरिनुपर्ने निश्कर्ष निकाल्दै एमाले भ्रातृ संगठन युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेला आइतबार धुलावारीमा सम्पन्न भयो । 
भेलाले आगामी जेठ १४ मा पनि संविधान निर्माण नभए संघर्षका कडा कार्यक्रम सार्वजनिक गर्दै देश ठप्प पार्ने निर्णय गरेको युवा संघका अध्यक्ष महेश वस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिए । एमालेले अघि सारेको प्रत्यक्ष चुनावबाट निर्वाचित प्रधानमन्त्री, शक्तिशाली संसद् र संवैधानिक राष्ट्रपतिको व्यवस्थासहितको शासकीय स्वरुप निर्माण गर्ने भेलाले निर्णय गरेको छ ।  
माओवादी प्रस्ताव भविष्यमा अधिनायकवाद लाद्ने र कांग्रेसको प्रस्ताव असफल संसदीय व्यवस्था टिकाउने खालको भएको भन्दै भेलाले एमालेले अघि सारेको प्रस्तावलाई अंगिकार गरेर जाने निर्णय गरेको हो । शासकीय स्वरुप संविधान सभाको विषयगत समितिमा हाल छलफलकै क्रममा छ । 
तीन दिनदेखि जारी भेलामा देशभरका ५ सय कार्यकर्ता सहभागी थिए ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page