अफगानिस्तानको युद्धमा मारिएका एक गोर्खा सैनिकको शव नेपाल ल्याइएको छ। अफगानिस्तानको हेल्मन प्रान्तमा विद्रोही तालिवान पक्षसँगको भिडन्तका घाइते भई उपचारका क्रमा मृत्यु भएका सैनिक जवान सचिन लावतीको शव दमकस्थित घरमा ल्याइएको हो। भिडन्तका क्रममा एम्बुसमा परी घाइते भई उपचारको क्रममा उनको मृत्यु भएको परिवारले जनाएको छ।
दमक-११ निवासी लावती सन् २०१० मा घाइते भएका थिए। डेढ वर्षपछि उपचारको क्रममा लन्डनस्थित बेलायती सैनिक अस्पतालमा जनवरी २ मा उनको मृत्यु भएको थियो।
दमक-११ निवासी लावती सन् २०१० मा घाइते भएका थिए। डेढ वर्षपछि उपचारको क्रममा लन्डनस्थित बेलायती सैनिक अस्पतालमा जनवरी २ मा उनको मृत्यु भएको थियो।
लावतीको शव क्याप्टेन मुक्ति गुरुङ नेतृत्वको टोलीले बेलायतबाट काठमाडौँ हुँदै दमकस्थित उनको घर ल्याइपुर्याएको हो। यसअघि लन्डनमा एक समारोहको आयोजना गरी त्यहाँस्थित उनका आफन्त र ब्रिगेड अफ गोर्खाजले लावतीमाथि अन्तिम सलामी अर्पण गरेको थियो।
तेइस वर्षीय लावती सन् २००८ मा बेलायती सेनामा भर्ना भएका थिए।