मुलुकको संकटको घडीमा पार्टी फुटाउने काम नहोस्: प्रचण्ड



प्रचण्ड पुष्पकमल दाहाल
१ असार, काठमाडौ । एकिकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकलम दाहाल 'प्रचण्ड'ले आफूले जे बोले पनि विरोध तथा गाली गर्नुपर्छ भन्ने एक पक्ष सक्रिय रहेको बताएका छन् । 
खुलामञ्चमा भएको सभालाई सम्वोधन गर्दै उनले नेपाली सेना अब शाही सेना नभएको र अब माओवादी र जनताको पनि सेना भएको बताएको तर त्यसलाई बङ्ग्याएर त्यसको अर्थलाई नै फरक पारिएको भन्दै गुनासो पोखे । उनले २६ र २७ गते खुलामञ्चमा भएको आमसभामा आयोजकले गित गाएको बताउँदै आज भएको आमसभामा आफूहरुले सुसेलेको मात्र भएको बताउँदै यदी गित नै गायौ भने कस्तो अवस्था आउला भनेर कांग्रेस-एमालेलाई चेतावनी पनि दिए । आजको सभा महाभारतको शुरुवात होइन्, यो महाभारत रोक्न अन्तिम पहल हो। तर रोक्न सकिएन भने महाभारतको अन्तिम तयारी पनि हुन सक्दछ ।
संघियता एउटा पार्टीको मुद्दा थियो अहिले राष्ट्रको मुद्दा भयो। संविधान सभाबाट संविधान सभा बनाउन नसकेकोमा क्षमा मागिसकेका छौं। निक्कै मिहेनत गर्दा पनि गर्न नसकेको हो,' अध्यक्ष दाहालले भने ।
उनले राष्ट्रिय सहमतिका लागी दलहरूसँग आग्रह गर्दै अहिलेको यो अवस्थालाई सबैले धैर्य गरेर विवेकको प्रयोग गर्दै अगाडी बढ्नुपर्ने बताएका छन् । छलफल र सहमतिका आधारमा निर्वाचनमा जाने, संविधान संशोधनमा जाने या अन्य विकल्पमा जाने भन्ने विषयमा अगाडि बढ्न सकिने धारणा राख्दै उनले दलहरूलाई छलफलमा आउन आग्रह गरेका छन् । 
उनले आफूले बिहान कांग्रेस सभापति र एमाले नेता माधव नेपाललाई फोन गरेर नयाँ चरणबाट सहमतिमा जानुपर्ने र त्यसका लागी छलफलमा ध्यान केन्द्रित गर्न आग्रह गरेको बताए । 
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी उपाध्यक्ष मोहन वैद्यलाई एकताको प्रस्ताव पारित गरेर आउन आह्वान गरेका छन्। 'किरणजी यो सभामा हुनु भएको भए कति राम्रो देखिनेथियो,' खुलामञ्चमा बोल्दै उनले भने, 'मुलुकको संकटको घडीमा पार्टी फुटाउने काम नहोस्।' उनले वैद्यपक्षहरु भेलामा जुटिरहेको प्रसंग जोड्दै भने, 'एकताका लागि नेतृत्व परिवर्तनको छलफलका लागि पनि तयार छौं।'
 

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page