खुलामञ्चमा माओवादीको आमसभा (फोटो फिचर र भिडियो)


खुलामञ्चमा माओवादीको आमसभा (फोटो फिचर र भिडियो)

E-mailPrint
 
(9 votes, average 3.22 out of 5)
खुलामञ्चको आमसभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल। तस्बिर : विजय राई
काठमाडौँ, असार १ (नागरिक)- सहमति र सहकार्यजस्ता शब्दहरु रट्दै संविधान सभालाई अवसानमा पुर्‍याएका दलहरुले विकसित परिस्थितिमा नयाँ ढ‌ङ्गको सहमतिका लागि संवादसम्म नथाली सडकबाट शक्ति प्रदर्शन गरिरहेका छन्। विपक्षी दलहरुपछि शक्ति प्रदर्शन गर्ने पालो आज सत्ताको नेतृत्व गरिरहेको माओवादीको रहेको छ। 

यसअघि गएको साता शुक्रबार कङ्ग्रेस-एमाले लगायतका २७ दलले खुलामञ्चमा विरोध सभा गरेका थिए। त्यसको भोलिपल्ट राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राप्रपा नेपालले त्यही ठाउँमा आमसभाको आयोजना गर्‍यो।

मनसुन बिहारमै रुमल्लिरहेको बेला ३२/३३ डिग्री सेल्सियसको चर्को घाममा  कार्यकर्ताहरुलाई तताउँदै दलहरु शक्ति प्रदर्शन गर्दै एकअर्कालाई थकाउने र गलाउने अभियानमा लागिरहेका हुन्।

माओवादीले आज गरेको आमसभामा असन्तुष्ट वैद्य पक्षका नेता र कार्यकर्ता भने सहभागी छैनन्। उनीहरुले आजैदेखि छुट्टै राष्ट्रिय भेलाको घोषणा गरेका छन्।

आमसभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री तथा उपाध्यक्ष बाबुराम भट्टराई लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ। नागरिकन्युजकर्मी मदन चौधरीले खिचेका केही दृश्‍य :







हिँड्यो 'मुस्ताङ' : प्रधानमन्त्री बाबुराम भट्टराई खुलामञ्चमा प्रवेश गर्दै।
















Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page