माओवादी विभाजित, नयाँ पार्टीको नेतृत्व वैद्यकै अब सम्बन्ध विच्छेद भयो: वैद्य


Mohan baidya
काठमाडौं, असार ४ - विघटित संविधानसभाको सबैभन्दा ठूलो दल नेपाल माओवादी औपचारिक रूपमा विभाजन भएको छ । उपाध्यक्ष मोहन वैद्यले आइतबार कार्यकर्ताको राष्ट्रिय भेलामा गरेको नयाँ पार्टी गठनको प्रस्तावलाई सर्वसम्मतले पारित गरेपछि माओवादी फुटेको हो ।
 प्रस्ताव पारित भएपछि वैद्यले माओवादीको संस्थापन पक्षसँग सम्बन्ध विच्छेद भएको घोषणासमेत गरेका थिए ।
भेलामा सहभागी भए नेताका अनुसार पार्टीको नाम नेकपा, माओवादी राखिएको छ भने पार्टीको नेतृत्व वैद्यले नै गर्ने बताइएको छ । पार्टीको स्वरूप तथा कमिटी गठनका लागि थप छलफल भइरहेको नेताहरूले बताएका छन् । यद्यपि वैद्य पक्षले संस्थापन पक्षसँग एक पटक फेरि छलफल गर्ने बताएका छन् ।
वैद्यले केन्द्रीय समिति ७५ हुने प्रस्ताव गरेको भए पनि त्यसलाई भेलाले परिमार्जन गर्न सक्ने उल्लेख गरिएको छ ।
करिब पाँच वर्षदेखि नै दुई चिरामा रहेर फरक विचार समूहका रूपमा क्रियाशील रहेको माओवादीका उपाध्यक्ष वैद्य पक्षले माओवादी संस्थापन पक्षले पार्टीको क्रान्तिकारिता गुमाएको र संशोधनवादी धारमा परिणत भएको आरोप लगाएको छ । साथै शान्ति र संविधानको बाटो असफल भएको उल्लेख गर्दै क्रान्तिको तयारी गर्नुपर्ने धारणा राख्दै आएको छ ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page