युरो सकिएपछि रोनाल्डो रोमान्समा

पेरिस, असार २० (एजेन्सी)- युरो कपको सेमिफाइनलमा स्पेनले पेनाल्टीबाट पोर्चुगललाई पराजित गर्दा क्रिस्टियानो रोनाल्डोले पेनाल्टी हान्नै पाएका थिएनन्। निराश भएर उनले मैदान छाड्नु परेको थियो।
तर उनको निराशा मैदान बाहिर कायम छैन। उनी आफ्नी मोडल गर्लफ्रेन्ड इरिना सेकसँग दक्षिणी फ्रान्सको सेन्ट ट्रोपेज समुद्री किनारमा पानीमा खेल्दै मस्ती गरिरहेका तस्बिरहरु सनले छापेको छ।
उनले ट्विट पनि गरेका छन्, 'म विदामा रमाइलो गरिरहेको छु।'
उनले आफू इएसपीवाइएस अवार्डका लागि छनौट भएको पनि जानकारी टि्वटबाट दिएका छन्। अमेरिकी खेल च्यानल इएसपीएनले दिने यो अवार्डमा उनी उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीमा नोमिनेट भएका हुन्।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page