आज राजधानीको त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टरमा आयोजित एक पत्रकार सम्मलेन मार्फत नयाँ पार्टीको घोषणा गरिएको हो ।
नयाँ पार्टीका संयोजक चैतन्य सुब्बा रहेका छन । उनले यो घोषणालाई नयाँ राजनैतिक शक्तिको उदय भएको बताए ।प्रस्तावित पार्टी बहुल-राष्ट्रियवाद, सामाजिक लोकतन्त्र र आदिवासीवादको विचार तथा सिद्धान्तबाट निर्देशित हुने पनि उनले बताए ।
प्रस्तावित पार्टीको खाँका निर्माणमा संयोजक सुब्बाका अलवा डा. कृष्ण भट्टचन, पासाङ शेर्पा, जितपाल किरात, डा. महेन्द्र लाओती, नन्द कन्दङ्वा, शान्ति राई, बमकुमारी बुढा, ज्योति दनुवार, शंकर लिम्बूलगायत ११ सदस्य रहेका छन् ।
आगामी असोज भित्र एमाले उपाध्यक्ष अशोक राई र कांग्रेस नेता इन्द्रबहादुर गुरुङगको नेतृत्वमा रहने पार्टी घोषणा गर्ने गरि तत्काल प्रस्तावित पार्टी मात्र घोषणा गरिएको हो।