भुटन
विधिः सबैभन्दा पहिले खसीको आन्द्राभुँडीलाई राम्रोसँग सफा गरेर एक चम्चा बेसार हालेर पाक्ने गरी उसिन्ने। त्यसपछि चिसो पानीले पखालेर स-साना टुक्रा बनाउने। एउटा प्यानमा तेल तताएर आन्द्राभुँडीका टुक्रालाई राम्रोसँग भुट्ने। त्यसपछि मसला हालेर आन्द्राभुँडी पड्किने गरी भुट्ने। आन्द्राभुँडी खैरो हुन थालेपछि पाकेको सम्झनुपर्छ। त्यसपछि चुलोबाट निकालेर तात्तातो स्न्याक्सका रूपमा सर्भ गर्ने।
फोक्सो तारेका
विधिः सबैभन्दा पहिले पानीमा माथि उल्लेख गरिएका बेसनसहित सबै मसला हाल्ने। त्यसमा अण्डा फुटाएर मिसाउने र पातलो घोल हुँदासम्म फिट्ने। त्यसपछि फोक्सोमा राम्रोसँग भर्ने। राम्रोसँग भरिएको फोक्सो कडा हुन्छ र फुलेर आउँछ। त्यसपछि आलु वा गाजरको लामो गोलो टुक्राले फोक्सोको मुख बन्द गर्ने। त्यसपछि पानीमा राखेर फोक्सो पाक्दासम्म उसिन्ने। फोक्सो राम्रोसँग पाकिसकेपछि झिकेर चिसो हुन दिने र स्लाइस आकारमा काट्ने। त्यसपछि कराहीमा तेल तताएर फोक्साका टुक्राहरू राखेर सुक्खा तार्ने। रातो हुनेगरी तारिएपछि गोलभेंडाको अचारसँग सर्भ गर्ने।
तास
विधिः सबैभन्दा पहिले माथि उल्लेख गरिएका मसलालाई एउटा खलमा राखेर स-साना टुक्रा हुने गरी कुट्ने। त्यसपछि छाला नभएको मासुलाई स-साना टुक्रामा काटेर कुटेको मसला हाली तेलमा मोलेर एक घन्टाजति छाड्ने। त्यसपछि त्यसलाई थोरै तेलमा तावामा रातो नहुन्जेल मन्द आँचमा भुट्ने। रातो भएपछि निकाल्ने अनि भुजा वा चिउरा, दालमोठ तथा मुलाको अचारसँग सर्भ गर्ने।
लेदो मासु
सुकेको खुर्सानीको धूलो एक चम्चा, बेसार दुई चम्चा, तेल चार चम्चा
जिराको धूलो एक चम्चा, धनियाँको धूलो एक चम्चा, लसुनको लेदो डेढ चम्चा, अदुवाको लेदो डेढ चम्चा, प्याज आधा किलो, गोलभेंडा आधा किलो, हरियो धनियाँ एक मुठा, नुन स्वादअनुसार।
विधिः खसबैभन्दा पहिले कराहीमा तेल तताएर प्याजलाई खैरो हुन्जेल भुट्ने। त्यसमाथि टुक्रा पारिएको मासु हल्का भुट्ने। त्यसपछि नुन हाल्ने। त्यसपछि मसला हाल्ने। एकछिन छोपेर पकाउने। त्यसपछि गोलभेंडा हाल्ने र फेरि छोपेर पकाउने। मासु पाकेपछि हरियो धनियाँ छर्केर सर्भ गनेर् ।
सेकुवा
विधिः सबैभन्दा पहिले मासुलाई स-साना टुक्रामा काट्ने र सबै मसला मिसाएर तोरीको तेलमा मोल्ने। त्यसपछि एक घन्टाजति राख्ने। एक घन्टापछि उक्त मासुका टुक्रालाई झिरमा उनेर कोइलाको रापमा विस्तारै फर्काई-फर्काई सेक्ने। राम्रोसँग पाकेपछि मुलाको अचारसँग सर्भ गर्ने।
टाउको तारेको
बेसार एक चिम्टी, तेल चार चम्चा, जिराको धूलो आधा चम्चा, धनियाँको धूलो आधा चम्चा, लसुनको लेदो आधा चम्चा, अदुवाको लेदो आधा चम्चा
प्याज एक पाउ, गोलभेंडा एक पाउ, हरियो धनियाँ एक मुठा, नुन स्वादअनुसार।
विधिः सबैभन्दा पहिले खसीको टाउको फोडेर गिदी निकाली जिब्रोसहित पाक्ने गरी उसिन्ने। राम्रोसँग पाकेपछि हाडहरू निकालेर स-साना टुक्रा बनाउने। त्यसपछि कराहीमा तेल तताएर एकछिन भुट्ने। मासु भुटिएपछि मसला हाल्ने। पाक्ने बेलामा मसिनो गरी काटेको प्याज, गोलभेंडा र हरियो धनियाँ हाल्ने। त्यसपछि एकछिन चलाएर निकाल्ने। यसलाई स्न्याक्सका रूपमा सर्भ गर्न सकिन्छ।
छोइला
विधिः सबैभन्दा पहिले मासुलाई पाक्ने गरी पोल्ने। त्यसपछि स-साना टुक्रा बनाउने। त्यसपछि सबै मसला हालेर तोरीको तेलमा मोल्ने। अन्त्यमा हरियो लसुन र हरियो धनियाँ हालेर फेरि मोल्ने। त्यसपछि स्न्याक्सका रूपमा सर्भ गर्ने।
जिब्रो तारेको
बेसार एक चिम्टी, तेल एक चम्चा, जिराको धूलो एक चिम्टी, धनियाँको धूलो एक चिम्टी, मेथी आधा चम्चा, लसुन पचास ग्राम (स्लाइस काटेको), अदुवा पचास ग्राम (स्लाइस काटेको), हरियो खुर्सानी (स-साना टुक्रा काटेको), हरियो धनियाँ एक मुठा, नुन स्वादअनुसार।
विधिः सबैभन्दा पहिले जिब्रो उसिन्ने। राम्रोसँग पाकेपछि सफा गरेर स्लाइस आकारमा काट्ने। त्यसपछि एउटा प्यानमा तेल तताएर मेथी फुराउने। त्यसपछि लसुन-अदुवाको स्लाइस राखेर एकछिन भुट्ने। त्यसपछि जिब्रोको टुक्रा हाल्ने र पाकुन्जेल भुट्ने। त्यसरी भुट्दाभुट्दै मसला हाल्ने। जिब्रोको रंग परिवर्तन भएपछि झिकेर स्न्याक्सका रूपमा सर्भ गर्ने।
सिन्का मटन
विधिः सबैभन्दा पहिले मासुलाई स-साना टुक्रामा काट्ने। त्यसपछि त्यसमा सबै मसला मिसाएर मोल्ने। त्यसपछि एउटा सिन्कामा दुई वा तीन टुक्रा उन्ने र तेल तताएर सुख्खा तार्ने। मासु रातो भएपछि निकालेर स्न्याक्सका रूपमा सर्भ गर्ने।
मासुको किमा
हरियो धनियाँ एक मुठा, मेथी आधा चम्चा, नुन स्वादअनुसार।
विधिः सबैभन्दा पहिले मासुलाई कुटेर किमा बनाउने। त्यसपछि एउटा प्यानमा तेल तताएर मेथी फुराउने। त्यसपछि मासु हाल्ने अनि बेसार र नुन हालेर मन्द आँचमा चलाउँदै पकाउने। यसरी पकाउँदा किमाबाट पानी निस्कन्छ। त्यो पानी सुक्ने गरी किमा भुट्नुपर्छ। सबै पानी सुके पछि त्यसमा माथि उल्लेख गरिएका सबै मसला हालेर दस मिनेटजति भुट्ने। त्यसपछि आगोबाट निकालेर हरियो धनियाँ छर्केर सर्भ गर्ने। यो परिकार मुख्य खानासँग खान सकिन्छ।
खुट्टाको सुप
विधिः खसीको खुट्टालाई सफा गरेर स-साना टुक्रा बनाउने। प्रेसर कुकरमा तेलमा भुट्ने। त्यसपछि सबै मसला हालेर एकछिन भुट्ने। अब मुंगको भिजाएको दाल हालेर खुट्टासँगै एकछिन भुट्ने। अन्त्यमा आवश्यक मात्रामा पानी हालेर खुट्टाका टुक्राहरू गल्दासम्म सिटी लगाएर पकाउने। राम्रोसँग पाकेपछि निकालेर एउटा कचौरामा राखी हरियो धनियाँ छर्केर सर्भ गर्ने।
पोलेको कान
तोरीको तेल एक चम्चा, जिराको धूलो स्वादअनुसार, नुन स्वादअनुसार।
विधिः खसीको कानलाई राम्रोसँग सफा गरेर पाक्ने गरी उसिन्ने। त्यसपछि स-साना टुक्रा पारेर काट्ने। झिरमा उनेर पोल्ने। अलिअलि डढ्न थालेपछि आगोबाट निकाल्ने र त्यसमा जिराको धूलो, खुर्सानीको धूलो, नुन तथा तोरीको तेल मिसाएर मोल्ने। यो परिकारलाई स्न्याक्सका रू पमा सर्भ गर्न सकिन्छ।