एउटा बत्ती बल्न जसरी नेगेटिभ र पोजेटिभ दुबै आवस्यक पर्दछ त्यसरी नै एउटा राजनितीक दललाई सफल बनाउन पनि दुबैथरि कार्यकर्ता चाहिन्छन। एउटा राजनितीक पार्टीमा असल र खराब दुबै प्रकारका मानिसहरु जोडिएका हुन्छन र नेता त्यो हो जसले यी दुबैलाई बराबर मान्यता दिई पक्षपात नगरी ब्यालेन्स मिलाई आफुले नेतृत्व सम्हालेको हुन्छ।
तर जब खराब हरुको बाहुल्यता बढ्दै जान्छ र असलहरुलाई थिँचोमिचो हुदै अन्याय र अत्याचार हुन थाल्दछ तब त्यँहा नेताहरुको उदय हुन्छ जसले ती असल बाट खराबमा परिवर्तन भएकाहरुलाई फेरि असल बनाउन पोजिटिभ नेतृत्वको भुमिका निर्वाह गर्दछन।
देशका धेरै भन्दा धेरै जनताहरु कुनै एक राजनितीक दलमा विस्वास र आस्था राख्नुको कारण कुनैदिन नेता बन्नुपर्छ भनेर हुदैन। तर आफुले मतदान गरेको दलले सरकार चलाँउदा कमसेकम खराबहरुको बाहुल्यता कम होस, जनताहरुलाई शान्ति,न्याय,सुरक्षा मिलोस जसकारण शिक्षा,स्वास्थ्य र यातायातमा व्यापारीकरण नहोस। जनताका छोराछोरी लाई जागिर खान कुनै नेताको सिफारिस नचाहियोस। नेपालीले गरेको व्यवसाय हरुलाई राजनीतिक हस्तक्षेप नभई निर्वाध तरिकाले सञ्चालन गर्न पाईयोस। उच्च शिक्षा हासिल गर्न वा रोजगारी को लागी कोहि नेपाली विदेशिनु नपरोस।विदेशिहरुको अगाडि हात थापि हरेक नेपालीको टाउकोमा नेपाल सरकारले लिएका वैदेशिक ऋणहरु देशको आफ्नै आयस्रोत बाट चुक्ता गरि सम्पूर्ण जनतालाई सम्पन्नशाली बनाउन सफल भईयोस।
देशको कार्यपालिका र न्यायपालिका लाई सांसद,नेता वा व्यवस्थापालिका बाट हस्तक्षेप नगरिकनै स्वतस्फूर्त तरिकाले भ्रष्टाचार रहित कार्यसम्पादन होस, जागिरको रुपमा नहेरी सेवाको रुपमा रुपान्तरण होस। र जनताको सेवा गर्ने भनेर सांसद नेता बनेकाहरुलाई तलब भत्ता को व्यवस्था खारेज गरि सरकारी कर्मचारि र न्याय क्षेत्रमा काम गर्नेहरुलाई त्यो रकम विनियोजन गरियोस।
देशको कानुन सबैलाई बराबर रहि खराब प्रवृत्ति आचरण भएकाहरु जो आफ्नै दलका किन नहोस र तिनिहरुको कार्यलाई सहि दन्ड र सजाय होस। र असल कार्य सम्पादन गर्ने जोसुकै कर्मचारी लाई राज्यले र जनताले उचित पुरस्कार र सहि मुल्यांकन गरून्।
गरिबलाई धनिको, दुर्बललाई शक्तिशालीको,सानोलाई ठुलोको हेपुवा चेपुवा नहोस र धनिलाई गरिबको,शक्तिशाली लाई दुर्बलको,ठुलालाई सानोको विद्रोह नहोस भनेरै नेतृत्व ले हरकदम उनिहरुबिच मेलमिलाप कायम राखियोस।
यत्तिनै जनताहरुको चाहना हुन्छ आफ्नो देशको सरकार सँग।
र यो सबै कार्य हरु अब बन्ने सरकारले गरोस भन्ने चाहना छ नेपालीहरुको त्यसैले अब हुने चुनावमा मतदाताहरुको मन भित्र रहेका यी कुराहरुलाई जुन राजनितीक दलका नेताले सम्बोधन गर्नेछ उहीँ नै त्यो नेता कहलाउने छ जुन महामानव विपि कोइरालाले कल्पनु भएको थियो,सुकिला मुकिला विरुद्ध फेरि ठुलो आन्दोलन जरुरि छ र त्यो आन्दोलन सफल बनाइ जनताहरुको हरेक ईच्छालाई पुर्ण बनाउने राजनेता वा आमनेता को खाँचो छ नेपाल लाई।
एउटा कुरा चाहिँ पक्का छ त्यो नेता पक्कैपनि नेपाली कांग्रेसकै हुनेछ र यो मौका अहिले नेपाली कांग्रेसको सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवालाई, महामानव विपी कोइराला पुत्र शशांक कोइराला, जननेता गणेशमान सिंह पुत्र प्रकाशमान सिंह,ने.का.को वरिष्ठ नेता रामचन्द्र पौडेल, ने.का.को चर्चित नेता शेखर कोइराला र ने.का.को महामन्त्रीहरु गगन थापा र विस्वप्रकास शर्माज्यु लाई आएको छ हेर्दै जाऊ उँहाहरुले कत्तिको सदउपयोग गर्नु हुनेछ यो समयलाई । अहिले ने.का. को १४ औ महाधिवेशनको नारा पनि रुपान्तरण हो यसको मतलब खराब पक्षलाई आत्मसात गर्दै वा स्विकार्दै सकारात्मक,पोजिटिभ र असलमा परिवर्तन गर्नु नै असली रुपान्तरण हुनेछ। शुभकामना छ सबैजनालाई
जय नेपाल
रचन कार्की
कोषाध्यक्ष
विपी कोइराला स्कुल अफ पब्लिक पोलिसि
बाग्मति प्रदेश,चितवन