'कु'को हल्ला

OPPOSITION
काठमाडौं, कार्तिक २३ - विपक्षी गठबन्धनमा रहेका १९ दलले सरकारले  राष्ट्रपतिले 'कु' गर्न खोजेको हल्ला चलाएर धम्क्याएको आरोप लगाएको छ ।
कांग्रेस मुख्यालय सानेपामा बिहीबार बसेको बैठकले अध्यादेशबाट बजेट पारित गराउन राष्ट्रपतिलाई दबाब दिन 'कु'को हल्ला चलाएको ठहर गरेको हो ।
'राष्ट्रपति जस्तो सम्मानित पदलाई लांछित गर्दै कू को निराधार हल्ला चलाएर जसरी पनि अध्यादेशबाट बजेट पारित गराउन अहंकार र धम्कीको भरमा दवाव सिर्जना गर्ने निकृष्ट चाल चलिरहेको निष्कर्ष बैठकले निकालेको छ,' बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ, 'यस वर्तमान गम्भीर संवैधानिक र राजनीतिक संकटको घडीमा सरकार सत्ताको दुरुपयोग गर्दै अनुचित दवाव र धम्कीको बलमा एकतर्फी रुपमा बजेट ल्याउने कार्यमा प्रयत्नरत छ ।'
बैठकले राजनीतिक सहमति विपरीत दवाव र धम्की दिएर बजेट अध्यादेश ल्याउने सरकारको तयारी बिफल पार्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकको निर्णय लिएर विपक्षी दलका नेताहरु बिहीबार नै राष्ट्रपति कार्यालय शीतल निवास गएका छन् ।
बैठकले कामचलाउ सरकारले संविधानको मर्म र भावना अनुरुप दलहरु बीचको राजनीतिक सहमतिको पूर्णतः वेवास्ता गर्दै सत्ता र शक्तिको दम्भ एवं दवावको बलमा एकलौटी शासन सत्ता लम्ब्याउने षड्यन्त्र गरेको ठहर गरेको छ ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page