थपिए ८ मन्त्री, कसले कुन मन्त्रालय पाए ?


५ चैत, काठमाण्डौ । प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठित अन्तरिम चुनावी मन्त्रिपरिषद्ले सोमबार पूर्णता पाएको छ ।

८ जना मन्त्रीले सोमबार राती राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । असारभित्र संबिधानसभाको नयाँ चुनाव गराउने म्याण्डेटसहित पूर्व प्रशासकमात्र सम्मिलित चुनावी मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । अध्यक्ष रेग्मीसहित माधवप्रसाद घिमिरे र हरिप्रसाद न्यौपानेले चैत १ गते नै सपथ लिएका थिए ।
कसले कुन मन्त्रालय पाए ?
नवनियुक्त मन्त्री शंकर कोइरालाले अर्थ, वाणिज्य र उद्योग मन्त्रालय सम्हाल्नु हुने भएको छ भने माधव पौडेलले समान्य प्रशासन, सूचना र शिक्षा तथा उमाकान्त झाले उर्जा, विज्ञान र सिचाइ मन्त्रालय पाउनु भएको छ ।
name-list-of-new-cabinetयस्तै विद्याधर मल्लिकले स्थानीय विकास र स्वास्थ्य, छविराज पन्तले भौतिक योजना र शहरी विकास, रामकुमार श्रेष्ठले युवा तथा खेलकुद, शन्ति र संस्कृति तथा पर्यटन, रिद्धिबाबा प्रधानले महिला बाललालिका र भूमिसुधार र टेकबहादुर घर्ति मगरले कृषि तथा वन मन्त्रालयको जिम्मेबारी पाउनु भएको छ ।
sapath-1
यसअघि रेग्मीसँगै सपथ लिएर माधव घिमिरेले गृह र पराराष्ट्र तथा हरिप्रसाद न्यौपानेले कानुन र श्रम मन्त्रालयको जिम्मेबारी पाउनु भएको छ ।
यस्ता छन् नयाँ मन्त्रीहरु !
शंकर कोइराला- अर्थ, वाणिज्य र उद्योग
कवि तथा गीतकारका रुपमा समेत चर्चा कमाएका कोइरालालाई यसअघि मुख्यसचिवका रुपमा चर्चा गरिए पनि लीलामणि पौडेललाई मुख्यसचिव बनाइएको थियो । कोइराला नेपाली कांग्रेसको कोटामा मन्त्री बन्नु भएको हो । पौडेल मुख्यसचिव बनेपछि सचिवबाट राजनीनामा दिने टोलीमा कोइरालासमेत हुनुहुन्थ्यो । कोइराला र मुख्य सचिव पौडलवीच राम्रो सम्बन्ध छैन । कोइरालाले अर्थ, उद्योग र वाणिज्यजस्ता तीन-तीनवटा मन्त्रालय सम्हाल्ने सौभाग्य पाएका छन् ।
उमाकान्त झा- उर्जा, विज्ञान र सिँचाइ
उद्योग सचिवबाट अवकाश पाएका झालाई यसअघि मुख्य सचिव बनाउन मधेसी नेताहरुले भगिरथ प्रयत्न गरेका थिए । सद्भावना पार्टीका लक्ष्मणलाल कर्णले उहाँको नाममा विशेष जोड गर्नु भएको थियो । लीलामणि पौडेललाई मुख्यसचिव नबनाउन जोड गर्ने क्रममा मधेसी नेताहरुले झाको नाममा सहमति नभए बृन्दा हाडालाई बनाउनुपर्ने माग गरेका थिए । तर, डा. बाबुराम भट्टराईको जोडमा लीलामणि पौडेल मुख्यसचिव बन्नु भयो ।
माधव पौडेल- सूचना, सामान्य प्रशासन र शिक्षा
एमालेको कोटाबाट मन्त्री बनेका पौडेलले २३ वर्ष कानून मन्त्रालयल अन्तरगत काम गर्नु भएको । कानून सचिवबाट अवकाश पाएका उहाँले प्रधानमन्त्री कार्यालयको सचिवका रुपमा पनि काम गरिसक्नु भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) पौडलकै पालामा आएको हो । अन्तरराष्ट्रिय वित्तीय निगम आइएफसीको स्थानीय परामर्श दाताका रुपमा पौडेलले डलरमा तलब खाँदै आउनु भएको छ । उहाँले पूर्व सोभियत संघमा माओवादी नेता रामबहादुर थापा बादलसँगै अध्ययन गर्नु भएको थियो ।
विद्याधर मल्लिक-स्थानीय विकास र स्वास्थ्य
मोरङको बिराटनगरका मल्लिक राष्ट्रपतिका अवैतनिक आर्थिक सल्लाहकार हुनुहुन्छ । पूर्व अर्थसचिव रहेका मल्लिक राष्ट्रपतिकै जोड बलमा मन्त्री बनाइएको हो । मल्लिक गरीवी निवारण कोषका पूर्वउपाध्यक्षसमेत हुनुहुन्छ ।
छविराज पन्त- भौतिक योजना र शहरी विकास
धेरैवटा मन्त्रालयमा सचिव चलाइसकेका पश्चिमी नेपालका पन्त नेपाली कांग्रेसको कोटाबाट मन्त्री बन्नु भएको हो । स्रोतका अनुसार उहाँ भ्रष्टाचारमा चर्चित व्यक्ति हुनुहुन्छ ।
रामकुमार श्रेष्ठ- युवा तथा खेलकुद र शान्ति
पूर्वसचिव रामकुमार श्रेष्ठ एमाओवादी अध्यक्ष प्रचण्डका शिक्षक हुनुहुन्छ । एमाओवादी अध्यक्षले श्रेष्ठलाई यसअघि इन्डोनेसियामा एडीबीको डाइरेक्टर बनाएर पठाउने प्रयास गरे पनि त्यहाँ गोविन्द थापालाई पठाइएको थियो । अहिले प्रचण्डकै जोडबलमा श्रेष्ठलाई मन्त्री बनाइएको हो ।
ऋद्धिबाबा प्रधान- महिला बाललालिका र भूमिसुधार
पूर्व पर्यटन सचिव रहेकी प्रधानलाई नाति नातिना खेलाएर बसेको अवस्थामा मन्त्री बनाइएको हो । डा. सुधा शर्मा र वृन्दा हाडालाई नल्याएर प्रधानलाई बनाइएको हो ।
टेकबहादुर थापा घर्तीमगर-कृषि र वन
लम्जुङ घर भएका घर्तीमगर कृषिसचिवबाट अवकास पाएका पूर्व कर्मचारी हुनुहुन्छ ।
sapath-3
sapath-4
sapath-2

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

disqus

Share this Page