२५ चैत, काठमाडौं । नेकपा-माओवादीसहितका ३३ दलले आहृवान गरेको बन्द अपराहृनबाट खुलेको छ । साँझ ५ बजेबाट बन्द खुलेको हो । बन्द खुलेसँगै यातायातका साधन चल्न थालेका छन् भने बजारहरु पनि खुलेका छन् ।
२५ बुँदे बाधा अड्काउ आदेश र त्यस आधारमा बनेको चुनावी सरकार खारेजको माग गर्दै माओवादीसहितका ३३ दलले बन्द आहृवान गरेका थिए ।
बन्दले देशभरको जनजीवन प्रभावित
नेकपा-माओवादीसहित वर्तमान सकारको विपक्षमा रहेका ३३ दलले आह्वान गरेको बन्दका कारण आज विहानैदेखि देशभरको जनजीवन प्रभावित भएको थियो ।
बन्द फिर्ता लिन सरकारको आग्रह
यसैबीच सरकारले आजको बन्द फिर्ता लिई वार्तामा आउन नेकपा-माओवादी नेतृत्वको ३३ दललाई आग्रह गरेको छ ।‘केही आन्दोलकारी राजनीतिक दलहरुको मोर्चाले आह्वान गरेको बन्दको कार्यक्रमप्रति नेपाल सरकारको ध्यान आकृष्ट भएको छ’ सरकारका प्रवक्ता एवं सूचनातथा सञ्चारमन्त्री माधव पौडेलद्वारा शनिबार जारी वक्तव्यमा भनिएको छ-’२५ गते हुने भनिएको नेपाल बन्दका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिन नेपाल सरकार आन्दोलनकारी मोर्चा तथा त्यसका सम्पूर्ण घटकहरुलाई हार्दिक आह्वान गर्दछ ।’
वक्तव्यमा सम्वाद, छलफल र परामर्शका माध्यमबाट समस्या समाधान गर्न सरकार खुल्ला रहेको उल्लेख छ । सरकार र उच्चस्तरीय राजनीतिक समतिले वार्तामा बोलाएपनि आन्दोलनकारी दलहरुले राष्ट्रपतिसँग मात्र वार्ता गर्ने अडान लिएका छन् ।
वक्तव्यको पूर्णपाठ