शक्तिखोरको मासु पसलमा बर्डफ्लु भेटियो

शक्तिखोरको मासु पसलमा बर्डफ्लु भेटियो
चितवन, साउन १२
 
चितवनको शक्तिखोरमा एक मासु पसलले ल्याएको कुखुरामा बर्डफ्लु भेटिएको छ । शक्तिखोर–५ का भीमसेन श्रेष्ठले सञ्चालन गर्दै आएको सपना फ्रेस हाउसमा ल्याइएको कुखुरामा बर्डफ्लु देखिएको हो ।
गत साउन ७ गते २७ वटा कुखुरा भटाभट मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु प्रमाणित भएको जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख रामकुमार कार्कीले जानकारी दिए । तर, फ्रेस हाउसमा ल्याइएको कुखुरामा बर्डफ्लु देखिएपनि वरिपरि त्यसको संक्रमण देखिएको छैन । “फ्रेस हाउस सञ्चालकले सप्लायर्समार्फत काठमाडौंबाट ल्याइएको कुखुरा भनेका छन्”, उनले टेलिफोनमा भने, “त्यस क्षेत्रमा संक्रमणपनि देखिएन । तर, कताको कुखुरा भन्ने प्रमाणित भएको छैन ।” उनले बर्डफ्लु फेला परेको वरपर ३ दिनदेखि नै पशु सेवा कार्यालयको निगरानीमा राखिएको जानकारी दिए । त्यस क्षेत्रमा कार्यालयका टोली खटाएर उच्च सतर्कता अपनाइएको उनले जनाए । तर, त्यस क्षेत्रमा भने संक्रमण नभएको पुष्टि उनले गरे ।
पछिल्लो समय चितवनका विभिन्न फर्महरुमा एकपछि अर्को गरी बर्डफ्लुको संक्रमण देखिएका छन् । केही महिनाअघि भरतपुर र आसपासका क्षेत्रमा थुप्रै फर्ममा बर्डफ्लुको संक्रमण देखिदा कुखुरापालकहरुले लाखौंको क्षति व्यहोर्नुपरेको छ ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page