महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि इनकोरपोरेटेडले महिन्द्रा एक्सयुभी ५०० को नयाँ मोडल ‘डब्लु ४’ नेपाली बजारमा ल्याएको छ ।भारतीय बजारमा निकै लोकप्रिय भइसकेको ‘डब्लु ४’ मोडल यसअघिका ‘डब्लु ६’ र ‘डब्लु ८’ भन्दा कम मूल्यमा पाइनेछ।यो मोडलमा २.२ लिटरको १४० बीपीएच पावर भएको इन्जिन रहेको छ । चितुवाको जस्तो स्टाइल, आकर्षक हेड ल्याम्प र ६ तरिकाले एडजस्ट गर्न मिल्ने चालक सिट जस्ता थुप्रै सुविधाहरु रहेको अग्नि इनकोरपोरेटेडले जनाएको छ ।‘डब्लु ८ र डब्लु ६ नेपाली बजारमा निकै लोकप्रिय भइसकेका छन’ अग्निकी मार्केटिङ एक्जुकेटिभ पुष्पा खतिवडाले अनलाइनखबरसँग भनिन– जसले मूल्य अलिक महंगो भयो भन्ने ठान्नुभएको थियो, उहाँहरुका लागि फिचरहरु नघटाई कम मूल्यमा यो मोडल ल्याएका हौं ।’डब्लु ८ र डब्लु ६ मोडलको मूल्य ५३ लाख रुपैयाँबाट सुरु हुने भएपनि डब्लु ४ मोडलको मूल्य झण्डै ५ लाख कम अर्थात् ४७ लाख ५० हजार रुपैयाँ रहेको छ ।
Share this Page
Popular Posts
-
मिस नेपाल २०१२ को बिजेता सृष्टि श्रेष्ठ चितवनको नारायणघाटमा जन्मेका हुन् । मिस नेपाल २०१२ मा सृष्टिले अरु १५ जना प्रतियोगीहरुलाई पछि पार्...
-
नेपाली सिनेमा क्षेत्रमा ‘स्वर’ नामक सिनेमा मार्फत नायिकाको रुपमा डेव्यु गरेकी केकी अधीकारी चलचित्रमा भन्दा पनि म्युजिक भिडियोमा जमिरहेकी छि...
-
Namaste, I am Rachan Karki from www.kshatree.webs.com . It is the page of www.kshatreesamaj.blogspot.com made to send Free SMS to all mobile...
