महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि इनकोरपोरेटेडले महिन्द्रा एक्सयुभी ५०० को नयाँ मोडल ‘डब्लु ४’ नेपाली बजारमा ल्याएको छ ।भारतीय बजारमा निकै लोकप्रिय भइसकेको ‘डब्लु ४’ मोडल यसअघिका ‘डब्लु ६’ र ‘डब्लु ८’ भन्दा कम मूल्यमा पाइनेछ।यो मोडलमा २.२ लिटरको १४० बीपीएच पावर भएको इन्जिन रहेको छ । चितुवाको जस्तो स्टाइल, आकर्षक हेड ल्याम्प र ६ तरिकाले एडजस्ट गर्न मिल्ने चालक सिट जस्ता थुप्रै सुविधाहरु रहेको अग्नि इनकोरपोरेटेडले जनाएको छ ।‘डब्लु ८ र डब्लु ६ नेपाली बजारमा निकै लोकप्रिय भइसकेका छन’ अग्निकी मार्केटिङ एक्जुकेटिभ पुष्पा खतिवडाले अनलाइनखबरसँग भनिन– जसले मूल्य अलिक महंगो भयो भन्ने ठान्नुभएको थियो, उहाँहरुका लागि फिचरहरु नघटाई कम मूल्यमा यो मोडल ल्याएका हौं ।’डब्लु ८ र डब्लु ६ मोडलको मूल्य ५३ लाख रुपैयाँबाट सुरु हुने भएपनि डब्लु ४ मोडलको मूल्य झण्डै ५ लाख कम अर्थात् ४७ लाख ५० हजार रुपैयाँ रहेको छ ।
Share this Page
Popular Posts
-
काठमाडौं, वैशाख ११ (नागरिक)- नेपाल आदिबासी जनजाति महासङ्घले धर्म निरपेक्ष समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा आदिवासी जन...
-
स्टार खेलाडीहरु चोटग्रस्त भएपछि दबावमा परेको देश मध्ये पोर्चुगल पनि एक हो । उसका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ब्राजिल विश्वकपका ल...
-
KATHMANDU, Dec 7: The government on Wednesday suspended Chief District Officer (CDO) of Chitwan Nanda Kishor Tripathi for failing to ensur...
