नयाँदिल्ली, जेष्ठ १६ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भारत भ्रमणको निम्तो दिएका छन् । प्रधानमन्त्री बनेकामा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीलाई बधाइ दिन चिनियाँ प्रधानमन्त्री ली केकियाङले बिहीबार उनलाई फोन गरेका थिए ।
सोही क्रममा मोदीले चिनियाँ राष्ट्रपतिलाई भ्रमणको निम्तो दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
चिनियाँ प्रधानमन्त्री केकियाङले भारतीय प्रधानमन्त्रीलाई बिहीबार फोन गरी बधाइ पनि दिएको मन्त्रालयले जनाएको छ । फोनवार्तामा मोदीले चीनसँग सहकार्यलागि आफू तयार रहेको भन्दै आगामी दिनमा दुई देशबीच कुनै असमझदारी भए त्यसमा मिलेर जाने धारणा राखेको जनाइएको छ ।