काठमाडौं, १५ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा बोनस वितरण गरी आयल निगमलाई करोडौं हानि–नोक्सानी पु¥याएकामा त्यसका निमित्त कार्यकारी निर्देशक सागर सत्यालसहित ८ उच्च अधिकारीलाई बुधबार नियन्त्रणमा लिएको छ । अख्तियारले उक्त प्रकरणमा संलग्न उपनिर्देशकद्वय शरदप्रसाद पौडेल र सुशील भट्टराई फरार रहेकाले अनुसन्धानका लागि खोजी भइरहेको जनाएको छ । नियन्त्रणमा लिई हिरासतमा राखेकामा सत्यालसहित निगमका निर्देशक नागेन्द्र शाह, प्रबन्धकहरु कमलप्रसाद शर्मा, बाबुराम राई, नेत्रप्रसाद काफ्ले, उपप्रवन्धक नवविनोद पोखरेल, सहायक प्रबन्धक प्रदीपमान बसी र वरिष्ठ सहायक देवीप्रसाद न्यौपाने छन् । निगमका पदाधिकारीहरुले संस्थान लगातार घाटामा गइरहँदा समेत ऐननियम विपरीत बोनस वितरण गरी अनियमितता एवम् भ्रष्टाचर गरिरहेको उजुरीका सम्बन्धमा थप अनुसन्धानका लागि ८ जनालाई नियन्त्रणमा लिइएको र बाँकी दुई फरार रहेकाले खोजी भइरहेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । अख्तियारले आफूले निगम कुल सञ्चालित मुनाफाको अवस्थामा नपुगेसम्म बोनास वितरण नगर्न अर्थमन्त्रालयमार्फत् निर्देशन दिएको र आव २०६६/०६७ को अन्त्यमा निगमले करिब ११ अर्ब ४४ करोड ऋण तिर्न बाँकी हुँदाहुँदै गैरकानुनी रुपमा ती अधिकारीहरुले १ करोड ७२ लाख ५८ हजार रुपैयाँ बोनस वितरण गरेको उल्लेख गरेको छ । निगमका अधिकारीहरुलाई अख्तियारकै हिरासतमा राखिएको आजको कान्तिपुर दैनिकमा खबर छ ।
Share this Page
Popular Posts
-
नेपाली जनताको अरबौँ रूपैयाँबराबरको धन विनास गरेर झन्डै ९ वर्षको समय बर्बाद गरेपछि बल्लतल्ल राजनीतिक दलहरुले नयाँ संविधान जारी गरे । तर चानच...
-
I like the rear end treatment way more than the front. Spare wheel is no longer mounted on the tail-gate though. Takes away from ...
-
भरतपुर । नेपालका केही निजी मेडिकल कलेजहरुले कागजी रुपमा फर्जी डाक्टर देखाएर काम गरेको हुँदा नेपाल मेडिकल काउन्सिलले कारबाही प्रक्रिया अगाडि...