काठमाडौं, १५ जेठ । काठमाडौंमा उपभोग्य वस्तुको मूल्य आकाशिएको बेला देशका दुर्गम तथा हिमाली भेगको अवस्था कस्तो होला ? सडक सुविधाबाट बञ्चित गोरखाको उत्तरी भेग सामागाउँका बासिन्दा अनुमानसम्म पनि लगाउन नसक्ने गरी चर्को मूल्यको जीवन जिउन बाध्य छन् । सडक सुविधा पुगेको गोरखाकै आरुघाट र त्यहाँबाट पाँच दिनको पैदलदूरीमा पर्ने सामागाउँको बजारभाउमा समेत आकाश–जमिनको फरक छ । गोरखा सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्ने आरुघाटमा २५ रुपैयाँ प्रतिकिलो पर्ने नुन सामागाउँसम्म पुग्दा एक सय ५० रुपैयाँ पर्छ । यस्तै सामागाउँका स्थानीय एक माना चिनी ९० रुपैयाँमा खरिद गर्छन् । त्यस्तै खाना बनाउने सिलिण्डर ग्याँसको पाँच हजार र सिलिण्डरसहित किन्दा १० हजार रुपैयाँ पर्ने आजको नयाँ पत्रिका दैनिकमा खबर छ । -
Share this Page
Popular Posts
-
चितवन,मङ्सिर २२- भरतपुर कारागारमा मंगलबार तरुण दल अध्यक्ष शिव पौडेल सहित पाँचजनामाथी भएको आक्रमणको बारेमा बुझ्न सरकारको छानबिन टोलीले अहिले...
-
काठमाडौं, वैशाख ११ (नागरिक)- नेपाल आदिबासी जनजाति महासङ्घले धर्म निरपेक्ष समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा आदिवासी जन...
-
नेपाली चलचित्रको सफल नायिका करिश्मा मानन्धरलाई नचिन्ने नेपाली त को नै होला । करिश्मा मानन्धरको बारेमा त चर्चा गर्न जरुरी नै छैन किनकी करि...

