काठमाडौं, १५ जेठ । काठमाडौंमा उपभोग्य वस्तुको मूल्य आकाशिएको बेला देशका दुर्गम तथा हिमाली भेगको अवस्था कस्तो होला ? सडक सुविधाबाट बञ्चित गोरखाको उत्तरी भेग सामागाउँका बासिन्दा अनुमानसम्म पनि लगाउन नसक्ने गरी चर्को मूल्यको जीवन जिउन बाध्य छन् । सडक सुविधा पुगेको गोरखाकै आरुघाट र त्यहाँबाट पाँच दिनको पैदलदूरीमा पर्ने सामागाउँको बजारभाउमा समेत आकाश–जमिनको फरक छ । गोरखा सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्ने आरुघाटमा २५ रुपैयाँ प्रतिकिलो पर्ने नुन सामागाउँसम्म पुग्दा एक सय ५० रुपैयाँ पर्छ । यस्तै सामागाउँका स्थानीय एक माना चिनी ९० रुपैयाँमा खरिद गर्छन् । त्यस्तै खाना बनाउने सिलिण्डर ग्याँसको पाँच हजार र सिलिण्डरसहित किन्दा १० हजार रुपैयाँ पर्ने आजको नयाँ पत्रिका दैनिकमा खबर छ । -
Share this Page
Popular Posts
-
मिस नेपाल २०१२ को बिजेता सृष्टि श्रेष्ठ चितवनको नारायणघाटमा जन्मेका हुन् । मिस नेपाल २०१२ मा सृष्टिले अरु १५ जना प्रतियोगीहरुलाई पछि पार्...
-
नेपाली सिनेमा क्षेत्रमा ‘स्वर’ नामक सिनेमा मार्फत नायिकाको रुपमा डेव्यु गरेकी केकी अधीकारी चलचित्रमा भन्दा पनि म्युजिक भिडियोमा जमिरहेकी छि...
-
CHITWAN, June 26: A girl, who had gone missing from Jagatpur in Chitwan district, has been found at Sunauli border entry point. Represe...

