रोनाल्डोको गोल सेलिब्रेसन पूर्व योजना अनुसार

१६ जेठ, काठमाडौं । च्याम्पियन्स लिगको फाइनलमा एथ्लेटिको मड्रिडविरुद्ध लिस्बेनमा गोल गरेपछि क्रिष्टियानो रोनाल्डोले टिसर्ट फुकालेर आफ्नो बडी देखाए । रोनाल्डोको यो सेलिब्रेसनलाई कतिले इटलीका मारियो बोलोटेली स्टाइलसँगसम्म तुलना गरे ।
तर, स्पेनिस पत्रकार जोजे फिलिक्स डियाजले भने रोनाल्डोको गोल सेलिब्रेसन पूर्वा योजना अनुसार भएको दावी गरेका छन् । फिफा बालोन डि’ओर विजेता रोनाल्डाले आफ्नो जीवनीमा आधारित फिल्म ‘रोनाल्डो’का लागि यो सेलिब्रेसन गरेको उनले बताएका छन् ।
उनका अनुसार खेलमा रोनाल्डो गरेको प्रदर्शन र गोललाई विशेष क्यामराबाट खिचिएको छ । रोनाल्डोले १२० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page