१७ जेठ, राजविराज । प्रहरीले सप्तरीको बसबिट्टी गाविसबाट कौडा खेेलिरहेका नेपाली जनता दलका नेता गुलाब यादवसहित सातजना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले नेपाली जनता दलका जिल्ला अध्यक्ष यादव, बसबिट्टी-७ का विद्यानन्द ठाकुर, श्याम दास, महदेवा-७ का भागवत अधिकारी, पातो-४ का डोमी मुखिया, मलेठ-६ का राकेश दास र विजयकुमार दासलाई जुवाको खालबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले छापा मारेर १६ थान कौडा, नगद एक लाख तीन हजार ६८४ रुपैयाँ, ६ थान मोबाइल, दुईवटा मोटरसाइकल र दुईवटा साइकल बरामद गरेको प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिए ।
उनीहरुलाई जुवा ऐन, २०२० अन्तर्गत मुद्दा दर्ता गरी कानुनी कारबाहीका लागि जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ ।