काठमाडौं प्रहरी प्रमुख खरेललाई हेडक्वाटर तानियो


१७ जेठ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई हेडक्वाटरमा तानेको छ ।काजमा सुरुवा गर्न निर्वाचन आयोगले सहमति दिन अस्वीकार गरेको भोलिपल्ट छानविनका लागि भन्दै खरेललाई हेडक्वाटर तानिएको हो । ‘बयानका लागि एसएसपी खरेललाई आजबाट हेडक्वाटर बोलाइएको छ’ प्रहरी स्रोतले भनेको छ । बयान कति दिन हुने, बयानपछि फेरि काठमाडौं प्रहरी प्रमुखमा र्फकन नर्फकने केही खुलाइएको छैन ।खरेलले एआईजीमा बढुवा हुन डीआईजीहरु पैसाको बि्रफकेस बोकेर नेता र मन्त्री कहाँ धाइरहेको बताएपछि प्रहरी प्रधान कार्यालयले छानविन समिति बनाएको छ । डीआईजी विज्ञानराज शर्मा नेतृत्वको तीन सदस्यीय समितिले खरेलमाथि छानविन गरिरहेको छ ।खरेल हेडक्वाटर तानिएपछि शनिबारबाट महानगरीय प्रहरी परिसर हनुमानढोकाको निमित्त प्रमुखको जिम्मेवारी एपसी नारायणसिंह खड्कालाई दिइएको छ । ‘औपचारिक रुपमा पत्र आएको छैन’ हनुमानढोकाका एक अधिकारीले भनेका छन्-’तर, खरेल सर जानुभएपछि निमित्त प्रमुखको जिम्मेवारी एपी खड्काले लिुनु भएको छ ।’


Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page