खरेल सरुवाको निर्णय भएन

ramesh kharel
काठमाडौ, जेष्ठ १४ - विवादास्पद अभिव्यक्ति दिएको भन्दै गृह मन्त्रालयले सरुवा गर्न खोजेका काठमाडौं प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेलको सरुवाको टुंगो लागेको छैन । प्रहरी मुख्यालयको सिफारिसमा सोमबार गृहले सरुवा गर्न खोजेपछि निर्वाचन आयोगले सहमति नदिँदा उनको सरुवाको टुंगो नलागेको हो । असार ८ गते संविधान सभाको उपनिर्वाचन हुँदै छ । उक्त निर्वाचनका लागि आचार संहिता लागिसकेको अवस्थामा सरुवाका लागि गृहले अनुमति माग गरेको थियो । निर्वाचन आयोगको आचार संहिता अनुगमन समितिले बुधबार सरुवा गर्न सकिने भन्दै आयोगलाई पत्र दिएको थियो । बुधबार बैठक बस्न नसकेपछि उनको सरुवाको टुंगो नलागेको हो । खरेलको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निमित्त प्रमुख एसएसपी उत्तमकुमार कार्कीलाई ल्याउने तय भइसकेको छ ।
गत शनिबार राजधानीमा आयोजित एक सार्वजानिक कार्यक्रममा खरेलले आफ्नो संगठनका नायब महानिरीक्षक (डीआईजीपी)हरू बढुवाका लागि पैसाको बि्रफकेस बोकेर शक्तिकेन्द्र धाउने गरेको अभिव्यक्ति दिएपछि रुष्ट बनेको मुख्यालय र गृहले उनको सरुवा गर्न लागेको थियो ।


रमेश खरेललाई काठमाडौं प्रहरी प्रमुखबाट हटाइयो, उत्तम कार्की नयाँ प्रमुख
Ramesh-kharel
१२ जेठ, काठमाडौं । एसएसपी रमेश खरेललाई काठमाडौं प्रहरी प्रमुखबाट हटाइएको छ । संगठनका उच्च अधिकारीविरुद्ध अभिव्यक्ति दिएको भन्दै छानविनका लागि खरेललाई मुख्यालयमा तान्ने निर्णय भएको प्रहरी स्रोतले बताएको छ ।
उनको स्थानमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का निमित्त प्रमुख एसएसपी उत्तमकुमार कार्कीलाई ल्याइएको छ ।
डीआइजीहरु एआइजी हुन पैसाको ब्रिफकेस बोकेर नेता र मन्त्रीको घर धाइरहेको भन्दै उनले परराष्ट्रमन्त्री सहभागी एक कार्यक्रममा भाषण गरेका थिए । उच्च अधिकारीहरूलाई ‘भ्रष्ट’ भनेपछि त्यसले नेपाल प्रहरिभित्र तरङग ल्याएको थियो । उनको अभिब्यक्ति चेन अफ कमान्ड बिपरित रहेको ठहर भन्दै त्यसबारे छानबिन गर्न डीआइजी विज्ञानराज शर्माको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनेको छ ।
छानबिनको दायरामा रहेको ब्यक्तिलाई जिम्मेवारीमै राख्दा छानबिन प्रभावित हुने भन्दै उनलाई हेडक्वाटर तानिएको प्रहरी स्रोतको भनाइ छ । खरेलप्रति पछिल्लो समय गहृमन्त्री वामदेव गौतम समेत सन्तुष्ट छैनन् ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page