टोयोटा कोरोलाको ११औं संस्करण नेपाल भित्रियो

काठमाडौं । विश्व प्रख्यात जापानीज कार टोयोटा कोरोलाको ११औं संस्करण नेपाली बजारमा भित्रिएको छ । टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी कोरोलाको नयाँ संस्करण सार्वजनिक गर्‍यो।
यो कारलाई नेपालमा ६६ लाख रुपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ । यसभन्दा अगाडी कोरोलाका १० वटा संस्करण नेपाली सडकमा गुडिसकेका छन् । नयाँ कोरोलामा आन्तरिक तथा वाहृय सजावटमा निकै ध्यान दिइएको छ । आकर्षक डिजाइनमा निर्माण गरिएको यस कारमा विलासी तथा सुबिधाजनक यात्राका साथै सुपेरियर क्याविन वातावरणको अनुभुती दिने कम्पनीले दाबी गरेको छ । डबल व्यारेल हेडल्याम्प र कर्भ क्रोम गि्रलका साथै मसिनो बोनोट लाइनले यस कारलाई अलग पहिचान र फरक दृष्य प्रदान गरेको छ । यसमा १६ सय सीसीको ड्यूल भीभी टि-आई पेट्रोल इन्जिल प्रयोग गरिएको छ । सिक्स स्पिड म्यानुअल गियरवक्स रहेका कारण ९० किलोवाट/१२२ एचपी र ५२०० आरपीएममा १५४ एनएमको अधिकत टर्क प्रदान गर्छ ।सिक्स स्पिड गियरसहितको ड्यूल भीभी टि-आई इन्जिनले कम इन्धन खपत गर्नुका साथै न्यून कार्वन उत्सर्जन गर्दै अधिकतम पावर दिनेछ । यसमा सुधारिएको इलेक्टि्क पावर स्टेरिङ, एन्टी लक व्राकिङ सिष्टम र ब्रेक अशिष्ट प्रविधि प्रयोग गरिएको छ ।कोरोलामा जडित सवारी सञ्चालनसम्बद्ध उपकरण र स्विच गियरले चालकलाई सडकमा सहज रुपमा चलाउन तथा अधिकतम उपकरण उपयोग गर्न मद्धत गर्छ । सुधारिएको अडियो प्रविधिलाई एकीकृत गर्दै स्टेरिङमा राखिएको छ । आरामदायी र सुविधाजनक रहेको भित्री सजावटले अनावश्यक ध्वनीलाई नियन्त्रण गर्दै शान्त वातावरणमा यात्रा गर्न सकिने कम्पनीले दाबी गरेको छ ।
कोरोलाका यस अघिका संस्करणलाई जस्तै नयाँ संस्करणलाई पनि नेपालीहरुले मन पराउने युनाइटेड ट्रेडर्स सिन्डिकेटकी प्रबन्ध निर्देशक रितु सिंह वैद्यले विश्वास व्यक्त गरिन् ।एघारौं संस्करण सार्वजनिकसँगै कम्पनीले यहि २७ अपि्रलदेखि ४ मेसम्म टेष्ट ड्राइभ कार्यक्रम आयोजना गर्न लागेको डेपुटी डाइरेक्टर कैलाशराज राजभण्डारीले जानकारी दिए । टेष्ट ड्राइभ युनाइटेड ट्रेडर्सको कार्यालय तिनकुनेमा विहान ९ बजेदेखि साँझ ५ बजेसम्म गर्न सकिने छ ।टोयोटा कोरोला विश्वमै धेरै बिक्री हुने कारमा पर्छ । कम्पनीले दिएको जानकारीअनुसार ४७ वर्ष अगाडी सार्वजनिक गरिएको पहिलो जेनेरेशनदेखि हालसम्म विश्वभर करिव ४ करोड कोरोला बिक्री भइसकेका छन् । नेपालमा पनि हरेक पटक प्रत्येक नयाँ जेनेरेशनको कोरोला सार्वजनिक गरेपछि त्यसले ग्राहकको मनमा स्थान बनाएको छ ।

Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page