एजेन्सी÷ एप्पलले वहु चर्चित स्मार्टफोन आईफोनको छैटौं संस्करण आउँदो अगष्टमा सार्वजनिक गर्न गर्ने भएको छ । सेप्टेम्बरमा ल्याउने अपेक्षा गरिएको फोन एक महिना अगावै आउने ताइवानी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
ताइवानस्थित इकोनोमिक डेलीका अनुसार ४.७ इन्च भर्सनको आईफोन ६ अगष्टमा सार्वजनिक हुनेछ । समाचारमा कुन बजारमा उक्त फोन पहिले सार्वजनिक हुने भन्ने बारे केहि उल्लेख गरिएको छैन ।
५.५ अथाव ५.६ इन्चको आइफोन ६ भने आइफोन ५ जस्तै सेप्टेम्बरमा सार्वजनिक गरिने उक्त पत्रिकाले जनाएको छ । ताइवानमा आइफोनका कन्ट्रयाक्ट म्यानुङ्खयाक्चरर र क्यामेरालेन्स निर्माता कम्पनी छन् ।
कम्पनीको सप्लाइ चेनमा आवद्ध व्यत्तिहरुले आईफोन ६ को स्त्र्किन ४.७ र ५.५ इन्चको हुने यस अघिनै रोयटर्ससँग बताइ सकेका छन् ।
सामसुङको ग्यालेक्सी सिरिजका स्मार्टफोन आईफोन भन्दा ठुलो स्त्र्किनका छन् । सामसुङको बजार बढ्नुमा ठुलो आकारका स्त्र्किन पनि एउटा कारण भएको विश्लेषकहरुको भनाइ छ । आइफोन ६ सार्वजनिक गर्ने मितिबारे एपलले आधिकारीक रुपमा भने केहि बताएको छैन ।
