एमाले हचुवावादी, कांग्रेस विचलित एमाओवादी द्वैध, मधेसवादी पैसालाई महत्व दिने दल -

११ जेठ काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेलाई ‘सबैभन्दा अवसरवादी र हचुवावादी पार्टी’ को संज्ञा दिएका छन् । थापाले कांग्रेसलाई वीपीको सिद्धान्तबाट विलित बनेको र एमाओवादी द्वैध मानसिकतामा फसेको बताएका छन् ।Kamal-thapa-1
राप्रपा नेपालको प्रथम महाधिवेशनको बन्दशत्रमा आइतबार राजनीतिक प्रतिवेदन पेश गर्दै पार्टी अध्यक्ष थापाले कांग्रेस, एमाले र एमाओवादीका विषयमा राजनीतिक विश्लेषण गरेका हुन् ।
 ’एमाओवादी अहिले द्वैध मानसिकताबाट ग्रस्त रहेको छ, अर्को शत्तदमा भन्ने हो भने यो पार्टी अहिले विचार र व्यवहारिक बाध्यताको मझधारमा खडा भएको छ,’ थापाले दस्तावेजमा एमाओवादीको विश्लेषण गर्दै भनेका छन्-’जनयुद्धकालीन विचारधारालाई कार्यान्वयन गर्न खोज्दा ऊ जडसूत्रवादमा फस्छ, संसदवादी शक्तिमा रुपान्तरण हुन खोज्दा उसको पहिचान समाप्त हुन्छ ।’ अध्यक्ष थापाले एमाओवादी चरम गुटबन्दीमा फसेको बताएका छन् ।
त्यसैगरी नेपाली कांग्रेसबारे थापाको दस्तावेजमा भनिएको छ-’नेपाली कांग्रेस सिद्धान्तबाट विचलित राजनीतिक दलका रुपमा रहेको छ । संसदीय प्रजातन्त्र, राजसंस्थाको बैधानिक नायकत्व, समाजवाद र धार्मिक स्वतन्त्रता कांग्रेसका चार आदर्श हुन्, ती चारवटै सिद्धान्त ध्वस्त भएका छन् ।’ कांग्रेस पनि आन्तरिक विवादको भुँवरीमा फसेको थापाको विश्लेषण छ ।
नेकपा एमाले बारेमा थापाले भनेका छन्- ‘सबैभन्दा अवसरवादी र हचुवावादी पार्टीका रुपमा नेकपा एमाले रहेको छ । एमाले वैचारिक दुविधा र आन्तरिक संघर्षको भुँवरीमा फसेको छ ।’
मधेसी दलः पैसा र सत्तालाई महत्व
राप्रपा अध्यक्ष थापाले मधेसी दलहरुलाई सिद्धान्त भन्दा पनि पैसा र सत्तालाई महत्व दिने दलका रुपमा व्याख्या गरेका छन् । ‘मधेसवादी दलहरु सिद्धान्त भन्दा पनि पैसा र सत्तालाई महत्व दिन्छन् ।’ थापाले भनेका छन् ।
शनिबारदेखि राजधानीमा सुरु राप्रपा नेपालको प्रथम महाधिवेशनको बन्दशत्र नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भइरहेको छ । २२ सय प्रतिनिधि सहभागी बन्दशत्रमा अध्यक्ष थापाले राजनीतिक प्रतिवेदन, विष्णु भट्टराईले विधान संशोधन र महासचिव चन्द्रबहादुर गुरुङले सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको महाधिवेशन प्रतिनिधि बासु दाहालले अनलाइनखरलाई बताए ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page