सातामा निक्षेप पाँच अर्ब थपियो, कर्जा एक अर्ब मात्रै

Nrb.org
१५ जेठ काठमाडौं । पछिल्लो एक हप्तामा बैंकिङ क्षेत्रमा पाँच अर्ब रुपैयाँ निक्षेप थपिएको छ । तर, यस अवधिमा बैंकहरुले एक अर्ब रुपैयाँले मात्रै कर्जा बढाएका छन् ।
यो प्रवृत्तिले चालू आर्थिक वर्षको अन्त्यतिर बैंकहरुलाई अधिक तरलताको समस्याले अझ बढी गाँज्ने देखिएको छ ।
राष्ट्र बैंकका अनुसार जेठ ३ गते वाणिज्य बैंकहरुको कूल निक्षेप ११ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । त्यसको ठीक एक हप्ताअघि बैंकहरुको निक्षेप ११ खर्ब २८ अर्ब रुपैयाँ थियो ।
जेठ ३ गते नै बैंकहरुको कूल कर्जा प्रवाह ८ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । त्यसको ठीक एक हप्ताअघि ८ खर्ब ६५ अर्ब रुपैयाँ थियो ।
वर्षको अन्त्यतिर सरकारी खर्च बढ्ने भएकाले बजारमा नगद प्रवाह बढ्न गई बैंकहरुको निक्षेप उच्च रुपमा बढ्छ । तर, वर्षको अन्त्यतिर कर्जाको माग स्वभाविकरुमा कम हुने प्रवृत्ति छ ।
यसले कर्जा र निक्षेपको वृद्धिदरबीच असन्तुलन अझ बढी फराकिलो बनाउने छ । निक्षेपको वृद्धिको तुलनामा कर्जा बढ्न नसक्दा तरलताको समस्याले बैंकिङ क्षेत्रलाई थप ग्रसित बनाउने देखिएको छ ।

Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page