भारतमै बढेर आयो प्याजको भाउ

काठमाडौ, असार ३ – भारतमै भाउ बढेर आएकाले नेपाली बजारमा सुकेको प्याजको भाउ उकालो लागेको छ । भारतमा प्याजको न्यूनतम निर्यात मूल्य नै १५ प्रतिशतले बढेपछि नेपालमा भाउ बढेको बिक्रेताहरुले बताएका छन् ।
यो सिजन प्याजको उत्पादन कम हुने र भाउ बढ्ने सिजन हो । भारतबाट नयाँ उत्पादन जुलाइको अन्त्य वा अगस्टको शुरुदेखि मात्रै आउने भएकाले त्यतिन्जेलसम्म अझै भाउ बढ्ने अनुमान गरिएको छ । भारतको महाराष्ट्र, कर्नाटक, मध्यप्रदेश, गुजरात, बिहार, आन्ध्र प्रदेश, राजस्थान, हरियाणा र तमिलनाडु प्याज उत्पादन हुने मुख्य क्षेत्र हुन् । जसमध्ये महाराष्ट्रमा सबैभन्दा बढी  ३२ प्रतिशत प्याज उत्पादन हुने गरेको छ ।
तर मनसूनका बेला प्याजको उत्पादन र बिक्री वितरणमा हरेक वर्ष कमी आउने गरेको छ । लगातार पानी पर्दा किसानले प्याज नखन्ने र खनिएर बिक्रीका लागि ठिक्क पारिएको प्याज पनि बजारमा नपठाउँदा गएको वर्ष प्याजको भाउ किलोको डेढ सय रुपैयाँ भन्दा माथि पुगेको थियो । गएको हप्ता नेपालको थोक बजारमा २६ देखि ३० रुपैयाँ किलोमा किनबेच भएको प्याज आज ३५ रुपैयाँ किलो पुगेको बिक्रेताहरुले बताएका छन् ।
नेपाल भित्रने परिमाणमा कमी नआएपनि भारतमै भाउ बढेर आएकाले नेपाली बजार प्रभावित भएको उनीहरुको भनाई छ । यस्तै बजारमा आलुको भाउ पनि एक हप्तामा किलोमा १० रुपैयाँले बढेको छ । पानी परेका बेला नेपाली उत्पादन र भारतबाट हुने आयात कम हुने भएकाले आलुको भाउ पनि बढेको बिक्रेताले बताएका छन् । अरु हरियो तरकारीको भाउ भने खासै बढेको छैन । धान रोपाईं शुरु नभइसकेकाले असारको १५÷२० गते यता तरकारी सामान्य रुपमै आउने भएकाले भाउ बढ्ने सम्भावना छैन ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page