लोकतान्त्रिक संविधान जारी गरेरै छाड्छौः देउवा

चितवन ३ असार,

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले नेपाली काग्रेसको नेतृत्वमा लोकतान्त्रिक संविधान जारी गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । नेपाली काग्रेस गितानगर गाउ समितिले आज गितानगरमा आयोजना गरेको चुनावि सभालाई संम्वोधन गर्दे उहॉले राजनैतिक स्थिरताका लागि तोकिएकै समयमा संविधान जारी गर्नु पर्ने वताउनु भयो । पहिलो संविधान सभा सदस्य निर्वाचनमा काग्रेस हारेकै कारण संविधान वन्न नसकेको भन्दै उहॉले तीन पटक सम्म दोहोर्याएर भन्नु भयो ः हामी संविधान जारी गरेरै छाड्छौ । देशमा सुकुम्वासी, नागरीकता र कमैया सधैका लागि समस्या वनेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका देउवाले यि तिनै समस्या सदाका लागि अन्त्य गर्ने काग्रेसको संकल्प रहेको वताउनु भयो । काग्रेसको जित वाट मात्रै देशले निकास पाउने भन्दै उहाले उप निर्वाचन हुन लागेका चारै स्थानमा काग्रेसको जित हुने दावि गर्नु भयो ।  चितवन क्षेत्र नम्वर ४ ले सभापति शुशिल कोईरालालाई निर्वाचित गराएको भन्दै यस ठाउको विकासका लागि आफ्नो प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । उहॉले काग्रेस उम्मेदवार रामकृष्ण घिमिरेलाई निर्वाचित गर्न अपिल गर्दै क्षेत्र नम्वर ४ का वासिन्दाको समस्या निवारणमा आफ्नो साथ रहने वताउनु भयो । वरिष्ठ नेता देउवाले नारायणी नदिलाई गुरु योजना वनाएर चितवन र नवलपरासि दुवै जिल्लालाई सुरक्षित गर्न काग्रेस लागिपरेको वताउनु भयो । कार्यक्रममा नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले काग्रेसले वोलेका कुरा पुर्यारै छाड्ने वताउनु भयो । दरवारिया र कम्युनिष्ट कहिल्यै पनि प्रजातन्त्रका पक्षमा नरहेको आरोप लगाउ‘दै उहॉले साम्यवादिको प्रहार सधै काग्रेस माथि रहेको वताउनु भयो । दरवारियाले पहिले र कम्युनिष्टले पछिल्लो समय संविधान जारी गर्न अवरोध पुर्याएको वताउदै उहॉले ती दलहरु संग दुरदर्शिता नरहेको टिप्पणी गर्नु भयो । विश्व भर नै कम्युनिष्टहरुले समस्या मात्र निम्त्याउने गरेको भन्दै उपसभापति पौडेलले काग्रेसले मात्र देशलाई निकास र जनतालाई विकास दिने वताउनु भयो । संविधान र विकासका लागि चितवन क्षेत्र नम्वर ४ मा काग्रेसलाई विजयी गराउनुको विकल्प नरहेको उपसभापति पौडेलको भनाई थियो ।
सो अवसरमा उहॉले जनजाती र महिलाका पक्षमा काग्रेस जति उदार हुन अरु दललाई सुझाव दिनु भयो । चितवन क्षेत्र नम्वर ४ मा नेपाली काग्रेसले जित भन्दा मतान्तर खोजेको वताउदै नमुना क्षेत्र वनाउन काग्रेस लागी परेको वताउनु भयो । कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य सुजता कोईरालाले काग्रेस सधै समानुपातिक प्रतिनिधित्वका पक्षमा रहेको वताउनु भयो । उहॉले विपि, गणेशमान, गिरिजा प्रसाद कोईराला सवै महिलाका पक्षमा उदार रहेको वताउनु भयो । अर्का केन्द्रिय सदस्य धनराज गुरुङ्ले काग्रेस जातिय राज्यको विरोधमा चट्टान झै अडिरहने भन्दै मुलुकमा संविधान दिने अभिभार काग्रेसमा मात्र रहेको वताउनु भयो । गुरुङ्ले जनजातिका पक्षमा रहेकै कारण पाटि वलियो वनेको वताउनु भयो । सो अवसरमा क्षेत्र नम्वर ४ का नेपाली काग्रेसका उम्मेदवार रामकृष्ण घिमिरेले आफ्नो पक्षमा जनलहर वढेको भन्दै अत्याधिक मतान्तरले निर्वाचित गराउनका लागि अपिल गर्नु भयो । सो अवसरमा नेपाली काग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ्, सभाषद शेषनाथ अधिकारी, काग्रेस नेतृ मैयादेवि श्रेष्ठ र महासमिति सदस्य दिनेश कोईरालाले शान्ति, संविधान र विकासका लागि चितवन क्षेत्र नम्वर ४ मा नेपाली काग्रेसलाई निर्वाचित गराउन आग्रह गर्नु भयो । सो अवसरमा नेकपा एमाले र एकिकृत नेकपा माओवादी वाट ठूलो संख्यामा स्थानिय नेता तथा कार्यकर्ता नेपाली काग्रेसमा प्रवेश गरेका थिए । नेपाली काग्रेस चितवनले चुनाविसभाहरु मध्ये क्षेत्र नम्वर ४ मा आज आयोजना गरीएको सभा सवै राजनैतिक दलहरुको भन्दा ठूलो भएको दावि गरेको छ । सभामा चितवन क्षेत्रनम्वर ४ वाट हजारौको संख्यामा नेता तथा कार्यकर्ता गितानगर पुगेका थिए । कार्यक्रम गाउ समिति सभापति हरिविलास कोईरालाको अध्यक्षतामा सम्पन्न भएको थियो । यस अघि नेपाली काँग्रेस भरतपुर नगरपालिका वडा नं.७,८ र ९ ले आज कृष्णपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति पौडेलले सबैखाले गतिरोध कम्युनिष्टहरुबाटै उत्पन्न भएको बताउनु भयो । संसदिय प्रणाली अंगिकार गर्न नदिन काँग्रेसलाई घेराबन्दि गर्नेकार्य भैरहेको भन्दै उहाँले काँग्रेस आफ्नो अडानबाट कहिल्यै बिचलित नहुने बताउनुभयो । सभापति सुसिल कोईरालाले अमेरिका जानु अघि सुकुम्बासी आयोग गठन गरेर गएको भन्दै उपसभापति पौडेलले सुकुम्बासी र किसानको समस्या काँग्रेसले जति कसैले नबुझेको बताउनुभयो । सो अवसरमा उहाँले सभापति कोईरालाले जितेको चितवन क्षेत्र नं. ४ मा आफ्ना उमेद्वार रामकृष्ण घिमिरेलाई भारीमतले निर्वाचित गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका उमेद्वार घिमिरेले आफ्नो उमेद्वारी संबिधान निर्माण र बिकासका लागि भएको बताउनुभयो ।
सो अवसरमा नेपाली काँग्रेसका सभापति टेक प्रसाद गुरुङ्ग,पूर्व साँसद जगन्नाथ पौडेल,उमा रेग्मी,नेपाली काँग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठ लगायतले पलिे भन्दा बढी मतले उप निर्वाचनमा काँग्रेस बिजयी हुने दावी गर्नुभयो । त्यस्तै नेपाल तरुणदल गुञ्जनगर गाउ समितिको आयोजनामा आज गुञ्जनगरमा चुनावि सभा सम्पन्न भएको छ । नेपाली काग्रेसका युवा नेता डा. सुर्य कान्त घिमिरे प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा सभाषद तारामान गुरुङ्,पुष्पलता लामा दिलमान पाख्रिन, विष्णु ढकालले असार ८ गते हुन लागेको संविधान सभा सदस्य उप निर्वाचनमा नेपाली काग्रेसलाई मतदान गरी वीजयी गराउन युवाहरुलाई आग्रह गर्नु भयो । कार्यक्रम तरुणदल गुञ्जनगर गाउ समितिका सभापति विश्वास घलेृको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page