बल्खुमा ओलीपक्षवीच मुक्का हानाहान

४ असार, काठमाडौं ।CPN_UML_office एमाले महाधिवेशन नजिकिँदै गर्दा सोमबार पार्टी मुख्यालय बल्खुमा भिन्नेखालको दृश्य देखियो । धेरैजसो समय माधव नेपालको उछितो काढ्नमा समय खर्चने ओली गुटका नेता-कार्यकर्ता सोमबार भने आफू-आफूवीच कुटाकुट गर्न र भोट जोगाउन चुपचाप त्यो दृश्य हेर्नमा व्यस्त थिए ।
एमाले मुख्यालयलाई विगत एक हप्तादेखि धनुषाका ५०-६० जना कार्यकर्ताले घेराऊ गरिरहेका छन् । तर, सोमबार भने घेराऊकर्ता अलिक अराजनीतिक ढंगले प्रस्तुत भए । उनीहरुले सुरुमा कार्यालयका कर्मचारीलाई भित्र पस्न दिएनन् भने पसिसकेकाहरुलाई बाहिर निस्कन निर्देशन दिए । सुरुमा कर्मचारहिरु बाहिर निस्कन मानेनन् । तर, बाहिर ननिस्किए सिसा तोडफेड गर्छौं भनेपछि सबै कर्मचारी बाहिर निस्कन बाध्य भए ।
कर्मचारी चौरमा बसिरहेका बेला पृथ्वीसुब्बा गुरुङ कार्यालयमा पुगे । ओली गुटबाट सचिवमा प्रचार गरिएका गुरुङले सुरुमा आफ्नै गुटका हुन् के गर्लान् र भनेझैं गरी कार्यालयभित्र पस्न खोजे । तर, उनलाई भित्र पस्न दिएनन् । फेरि उनी भित्र जान तम्सिए तर उनकै कार्यकर्ताले उनको कठालो समाते र बाहिर ताने । केही नलागेपछि आफ्नो खरो स्वाभाव देखाउँदै गुरुङले पुसिनल लगाएर भए पनि भित्र पस्ने चेतावनी दिए । उनको यो चेतावनीपछि घेराऊकर्ता झन् आवेशमा आएका थिए । प्रत्यक्षदर्शीका अनुसार उनीहरुले तँ ज्ञानेन्द्र होस् ? भन्दै गुरुङमाथि मुक्कासमेत प्रहार गरेका थिए । त्यसपछि गुरुङ छेउतिर लागेर नेताहरुलाई फोन गर्नतिर लागेको बुधबार साप्ताहिकले पहिलो पृष्ठमा समाचार लेखेको छ ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page