बालुवाटारमा जासुसको जग्जगी, प्रधानमन्त्रीलाई जंगी अड्डा बोलाउने तयारी -

४ असार, काठमाण्डौ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री निजी र भित्री कक्षमा भएका गोप्य सूचना चुहिएपछि प्रधानमन्त्री सुशील कोइराला यतिबेला चिन्तित छन् । रक्षामन्त्रीको हैसियतमा नेपालका सेनाका उच्च अधिकारीले गरेको ब्रिफिङसमेत चुहिएपछि यतिबेला नेपाली सेनासमेत चिन्तित छ ।
प्रधानमन्त्री अमेरिका उडनुअघि उच्चपदस्थ सैनिक अधिकारी भन्दैथिए-’फेरि सूचना बाहिर जाला भन्ने पिर हुन्छ हजुर ।’ प्रधानमन्त्रीले जसका कारण सूचना चुहिएको उजुरी पाएका थिए, वरिपरि हेर्दा ती ब्यक्ति देखिएनन र कुरा सुनाउन अनुमति दिए । तर, फेरि उही समस्या भयो । अर्थात, संवेदनशील सूचना चुहियो ।
सेनाले प्रधानमन्त्रीलाई गर्ने बि्रफिङसमेत लिक हुन थालेपछि अब प्रधानमन्त्रीलाई बि्रफिङका लागि सैनिक मुख्यालयमै बोलाउने कि भनेर केही सैनिक अधिकारी छलफलमा जुटेको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ ।
प्रधानमन्त्रीले चाहिँ आफु अमेरिका उडनुअघि सूचना चुहाउनेलाई राम्रैसित जोरलात्ति हानेका छन् । उनी हुन प्रधानमन्त्रीकै स्वीकय सचिव लक्ष्मण ढकाल । सुराकी भएको चाल प्रमले पाएपछि उनका लागि भित्री कोठा बन्देज थियो । तर, चिया पुर्‍याउने मान्छेलाई छेउछाउँ उभ्याएरसमेत उनले सुराकी गरेका रहेछन् । उनले सूचना चुहाएको कुरा कुनै कांग्रेस नेता कार्यकर्ताले हैन, सेना तथा प्रहरीका उच्च अधिकारीले प्रधानमन्त्रीलाई उजुरी दिएका हुन् ।
प्रधानमन्त्रीसँगै अमेरिका जाने सूचीमा रहेका ढकाल संबेदनशील उजुरी परेपछि सूचीबाट हटेको समाचारमा जनाइएको छ ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page