प्रहरीको घेरामा राप्रपाको कार्यालय




काठमाडौं, जेठ २४ – नेतृत्वको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवादले उग्र रुप लिएपछि अहिले सुरक्षा दिनका लागि  पार्टी कार्यालयमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । प्रहरीसँगै कार्यालयमा सूर्य बहादुर थापा पक्षधर कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ । राप्रपाका अध्यक्ष सूर्य बहादुर थापा र वरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द पक्षधरबीचको विवाद उत्कर्षमा पुगेको छ । अध्यक्षमा थापाको पदावदी सकिएको भन्दै चन्द पक्षधर कार्यकर्ताले एकलौटी ढंगले चन्दलाई अध्यक्षको घोषणा गरेका छन् भने थापा पक्षधरले चन्द समुहले पार्टी कब्जा गर्न खोजेको भन्दै आपत्ती जनाएको छ । चन्दले गत सोमबार थापाको नेमप्लेट हटाएर आफनो नेम प्लेटमा अध्यक्ष लेखेर पदभार ग्रहण गरेका थिए । लगत्तै बुधबार थापाले पनि अध्यक्षमा आफू कायम रहेको भन्दै चन्दको नेमप्लेट हटाएर आफ्नो नेमप्लेट राखेका थिए । राप्रपाको पार्टी एकीकरण हुँदा शीर्ष नेताहरुबीच आलोपालो प्रणाली अनुसार नेतृत्व सम्हाल्ने सहमति बनेको तर थापाले एकलौटी ढंगले पार्टी चलाउन खोजेको र राजीनामा पनि दिन आनाकानी गरेको चन्द समुहको दाबी छ । यता थापा समुहले भने नेतृत्व हस्तान्तरण गर्न खोज्दाखोज्दै चन्दसमुहले पार्टी कब्जा गर्ने मनसायले एकलौटी ढंगले अध्यक्ष तोकेको भन्दै त्यो अस्विकार्य भएको जनाएको छ । यस्तै नेतृत्व हस्तान्तरणमा कुनै सहमति नबनेको पनि दाबी गरेको छ । चन्दलाई वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले साथ दिएका छन् भने थापालाई पशुपति शमशेर राणाले साथ दिएका छन् । दुवै पक्षका कार्यकर्ताको भिड बढन थालेपछि राप्रपाको कार्यालयमा एक सय भन्दा धेरै प्रहरी तैनाथ गरिएको छ । दुई पक्षीय विवादले गर्दा पार्टी कार्यालय परिसरमा तनाव हुँदै आएको छ । यसैबीच अध्यक्ष सुर्यबहादुर थापाले नेता लोकेन्द्रबहादुर चन्दसहितका नेताहरुलाई कार्वाहीको तयारी गरेका छन् । पार्टीको बिधान विपपरित चन्दले आफूलाई अध्यक्ष घोषणा गरेर पार्टी कब्जा गर्न खोजेको आरोप लगाउँदै थापाले कार्वाहीको तयारी गरेका हुन् । थापाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक जेठ २५ गतेका लागि बोलाएका छन् । 
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page