धादिङ, जेठ २४–धादिङका पत्रकार ठाकुर गुरुङमाथि सांघातिक आक्रमण भएको छ । भूतपूर्व विद्यार्थी समाज मार्पाक धादिङले राजधानीमा गरेको कार्यक्रममा पत्रकार ठाकुरमाथि अज्ञात समूहले आक्रमण गरि घाईते बनाएको हो । घाईते ठाकुरको टाउको र छात्तीमा गम्भिर चोट लागेकाले जनमैत्री अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । समाजको काठमाडौंको वनस्थलीमा भइरहेको भेलामा कार्यक्रम सञ्चालन गरिरहेका सञ्चारकर्मी गुरुङमाथि आज दिउँसो ३ बजेतिर आक्रमण भएको थियो । आक्रमणप्रति नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संघ, आदिबासी जनजाति पत्रकार महासंघ लगायतले आपत्ती जनाएको छ । पत्रकार गुरुङ आदिबासी जनजाती पत्रकार महासंघ धादिङका अध्यक्ष, नेपाल पत्रकार महासंघ धादिङका सदस्य, क्रान्तिकारी पत्रकार संघ धादिङका कोषाध्यक्ष तथा रेडियो विहानीका समाचार सम्पादक हुन् ।
Share this Page
Popular Posts
-
२० मंसिर, खलंगा । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी नफुट्ने दावी गर्नु भएको छ । रुकुम सदरमुकाम खलंगामा...
-
आज पोखराबाट काठमाडौंको लागि उडेको बुद्ध एरको विमान २२ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने तर मौसम खराबीका कारण निर्धारित सम...
-
I like the rear end treatment way more than the front. Spare wheel is no longer mounted on the tail-gate though. Takes away from ...