२४ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले
नेताहरुको अकुत सम्पतीबारे छानविन भइरहेको बताएका छन् ।
आफूलाई नेताहरुलाई कहिले समाउने भन्ने प्रश्न धेरै आएको भन्दै उनले प्रमाण भेटिए कसैलाई पनि नछाड्ने बताए । शनिबार राजधानीमा भएको एक कार्यक्रममा प्रमुख आयुक्त कार्कीले भने-’सूर्यनाथ उपाध्यायको पालामा केहीलाई मुद्दा लागेपछि परिवार र नातेदारको नाममा सम्पत्ति राख्दैनन् ।’
अख्तियारले थोरै जनशक्तिको भरमा धेरै काम गरेको भन्दै उनले देशभरमा सुशासन भएको एक मात्र ठाउँ अख्तियार भएको समेत बताएका छन् ।अख्तियारका प्रमुख आयुक्त कार्कीले आफूले पत्रकारहरुबाट समेत अपेक्षाकृत सहयोग नपाएको गुनासो गरेका छन् ।