म्याग्दीका दिनेश विकले बनाए डोजर

म्याग्दीको बेनीनगरपालिका –१० ढोल्थानका युवा दिनेश विकले डोजर बनाएका छन्। विकले करिव ११ हजार रुपैयाँको लगानीमा काठ र फलामको प्रयोग गरेर  डोजर बनाएका हुन्।
 
'यो मेरो पहिलो प्रयास हो, अव बजारमा पाईने जस्तै आकार भएको चल्न सक्ने बनाउँदैछु' विकले भनेे। आफूसँग सिप भएपनि प्रयोग गर्ने ठाउँ नभएको विकले गुनासो गरे। पहिलो पटक नमुनाको रुपमा वनाएको यो डोजरमा सक्कली डोजरका जस्तै सम्पूर्ण पाटपूर्जाहरु रहेका छन्। इन्जिन ट्याङ्की काठको भएको र पाङ्ग्रा तथा चेन पनि काठकै प्रयोग गर्नु परेका कारण चलाउन कठिनाइ हुने भएपनि कतैवाट आर्थिक सहयोग पाएमा आफूले सानो आकारको साच्चैको डोजर वनाउन सक्ने विकले दाबी गरेका छन्।
 
गलेश्वर उच्च माविमा कक्षा १२ मा अध्ययनरत विकले खाजा खर्च कटाएर वनाएको डोजरमा अधिकाँस काठ र केही फलाम प्रयोग गरिएको छ। 'उनको सिपलाई सम्बन्धित क्षेत्रले प्रयोग गर्ने वातावरण बनाउनुपर्छ' ढोल्थान प्राथमिक विद्यालयका प्रधानध्यापक भगवान श्रेष्ठले भने। विकले बाल्यकाल देखिनै प्राविधिक क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गर्ने गरेको श्रेष्ठको भनाई छ।
 
सानैदेखि प्राविधिक क्षेत्रमा रुचि भएका विकले घरमा समेत विभिन्न साम्रागीहरू बनाएको उनका बुवा भौजबहादुर विकले बताए। 'छोरालाई हामीले प्रोत्साहन दिइरहेका छौ'। पढाईमा असर नगर्ने गरी काम गर्ने भनेका छौ' उनले भने।  यसैविच विकलाई प्रोत्साहन गर्न स्थानियस्तरमा रहेका युवाहरूले समेत आर्थिक तथा प्राविधिक सहयोगको प्रयास गरिरहेका छन्। 
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page