वर्तमान युग सूचना प्रविधिको युग हो । सूचना प्रविधिले विश्वमा ठूलो फड्को मारेसँगै सूचना प्रविधिसँग सम्बद्ध कम्पनीहरुले समेत नाम र दाम दुबैमा छलाङ मारिरहेका छन् । सूचनाप्रविधि सँग सम्बद्ध कम्पनीहरु विश्वमा अन्य कम्पनीहरुलाई पछि पार्दै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएका छन् । विश्वका सबैभन्दा मूल्यवान प्रविधि कम्पनीहरु यसप्रकार छन्-
१. एप्पल : स्टिभ जब्सले स्थापना गरेको एप्पल कम्पनी अहिले विश्वको सबैभन्दा मूल्यवान कम्पनी हो । यो कम्पनीको बजार भाउ ५४० अर्ब डलर छ । एप्पलले आफ्नो कमाइको अधिकांस हिस्सा आफ्ना उत्पादनको बिक्रिबाटै जम्मा गर्ने गरेको छ । एप्पलले पछिल्लो दुइ वर्ष आफ्नो व्यवसायमा नाटकीय वृद्धि गरिरहेको छ ।
२. गुगल : गुगल दोश्रो मूल्यवान टेक कम्पनी हो । यसको मार्केट क्याप ३८३ अर्ब डलर रहेको छ । गुगलले आफ्नो कमाइको अधिकांस हिस्सा इन्टरनेटमा विज्ञापनको बिक्रिबाट जम्मा गर्ने गरेको छ । यद्यपि पछिल्लो समय गुगलले विज्ञापन सेवाका साथै वस्तु उत्पादनमा समेत जोड दिन थालेको छ । यद्यपि आफ्नो प्रतिस्पर्धी माइक्रोसफ्टको तुलनामा गुगलले आफ्नो बिक्रि तथा सहायक संरचनाको माध्यमबाट नाम भने कमाउन सकेको छैन । साथै वस्तु व्यवसाय गुगलको कमाइको मुख्य हिस्सा बन्न सकिरहेको छैन ।
३. माइक्रोसफ्ट : माइक्रोसफ्टको बजार भाउ ३३१ बिलियन डलर रहेको छ । पर्सनल कम्प्युटरको सफ्टवेयरको बजारमा माइक्रोसफ्टको एकछत्र राज नै छ भन्दा फरक पर्दैन । पछिल्लो समयमा विन्डोज एक्सपीको अन्त्यसँगै माइक्रोसफ्टले अन्य कम्पनीहरुलाई आफ्ना पिसीमा सुधारका लागि बाध्य पारिरहेको छ । यद्यपि पछिल्लो संस्करण विन्डोज ८ को अलोकपि्रयताले माइक्रोसफ्टलाई नराम्रो झट्का दिइरहेको छ । त्यसैले कि त विन्डोज ८ को सुधार वा विन्डोज ९ मा संक्रमण नै माइक्रोसफ्टका लागि बाध्यकारी बनिरहेको छ ।
४. ओरेकल : १८६ अर्ब डलरको मार्केट क्याप सहित ओरेकल कम्पनी विश्वका टेक कम्पनीहरुमा चौथो मूल्यवान कम्पनीको सूचिमा रहेको छ । पछिल्ला केही वर्षमै ओरेकलले आफुलाई सफ्टवेयर कम्पनीको चिनारीबाट हार्डवेयर कम्पनी तथा क्लाउड कम्प्युटिङ कम्पनीको रुपमा स्थापित गरिसकेको छ । कम्पनीले यस्ता कम्प्युटरको निर्माण गरिरहेको छ जुन उसको सफ्टवेयरमा निकै राम्रो तथा तिब्र चल्छन् अरु कम्पनीका कम्प्युटर भन्दा ।
५. आइ बि एम : १८५ अर्ब ७७ करोडको मार्केट भ्यालुसँगै अमेरिकी कम्पनी आइबिएम पाँचौ नम्बरमा रहेको छ । आइबिएमले क्लाउड कम्प्युुटिङको क्षेत्रमा आफुलाई खरो उतार्दै आएको छ र कम्प्युटर जगतकै सबैभन्दा स्मार्ट दाबी गरिएको वाट्सन कम्प्युटरलाई क्लाउड सर्भिसमा जोड्दैछ । यद्यपि कम्पनीको व्यापारमा पछिल्लो समय गिरावट आएका कारण यसमा सिइओ गिन्नी रोमेटी भने दुखी छिन् ।
६. अमेजन : अमेरिकी कम्पनी अमेजनको मार्केट क्याप १४४ अर्ब अमेरिकी डलर रहेको छ । क्लाउड कम्प्युटिङको अवधारणलाई मूर्तरुप दिने अमेजनकै प्रयासले प्रविधि जगतमै नविन युगको सुरुवात गरेको थियो । अमेजन विश्वको सर्वाधिक चर्चित क्लाउड कम्प्युटिङ कम्पनी हो ।
७. एच पी : ६३ बिलियन डलरको बजार भाउसँगै एच पी कम्पनी नबौँ स्थानमा रहेको छ । एच पी केवल कम्प्युटरमा मात्रै सिमित छैन, अन्य प्रडक्ट समेत उत्पादन गर्दै आएको छ । क्रोम तथा एन्ड्रोइडबाट चल्ने पिसी, नयाँ प्रकारका पि्रन्टर, लो पावर सर्भर तथा नविन क्लाउड कम्प्युटिङ सेवा आदि । यद्यपि कम्पनीको नाफा आशातीत हुन नसकेपछि एच पी आफ्ना कर्मचारी कटौतीको योजनामा अघि बढिरहेको छ ।
८ एडोब सिस्टम : चौधौँ स्थानको एडोब सिस्टम कम्पनीको बजार भाउ ३२ अर्ब डलर छ । एडोबले वेब डेभलपमेन्ट, ग्राफिक डिजाइनका साथै अन्य सफ्टवेयर समेत निर्माण तथा सार्वजनिकीकरण गर्दछ । यद्यपि ह्याकरहरुका कारण कम्पनीले बारम्बार घाटा बेहोर्नुपरिरहेको छ । सन् २०१३ मा ह्याकरहरुले एडोबका ३ मिलियन पासवर्ड चोरी गरेका थिए जसमध्ये कही यसका उत्पादनका कोड समेत थिए ।
९. इन्फोसिस : भारतीय इन्फोटेक कम्पनी इन्फोसिस विश्वका मूल्यवान इन्फोटेक कम्पनीमध्ये १६ औँ नम्बरमा पर्दछ । यसको मार्केट क्याप २९ अर्ब डलर रहेको छ । आउटसोर्सिङ कम्पनीको रुपमा रहेको इनफोसिसले इन्जिनियरिङ र लाइफ साइन्सका दुइ नयाँ विधामा पकड जमाउने प्रयत्न गरिरहेको छ ।
१०. लिंक्ड इन : २० बिलियन मार्केट क्याप सहित सोसल नेटवर्क कम्पनी लिंक्ड इन विश्वको १८ औँ मूल्यवान इनफोटेक कम्पनीको रुपमा रहेको छ । व्यवसायिक व्यक्तिहरुका लागि लक्षित यो सोसल नेटवर्किङ साइट ब्लगिङ तथा पब्लिसिङ प्लाटर्फमको रुपमा रहेको छ ।
-बिजनेस इनसाइडरबाट
