पेनाल्टीका लागि लडेको नाटक

काठमाडौं, असार १६ - नेदरल्याण्ड्का स्ट्राइकर आर्जेन रोबेनले मेक्सिकोविरुद्धको खेलमा आफूले पेनाल्टी पाउनका लागि २ पटक डाईभ हानेर लडेको नाटक गरेको स्वीकार गरेका छन् ।
नेदरल्याण्ड्सको टेलिभिजनसँग रोबेनले पहिलो हाफमा २ पटक आफूले मेक्सिकोको डीबक्स भित्र लडेर पेनाल्टीको माग गरेकोमा माफी मागेका छन् ।
तर उनले २ पटक डी बक्समा लडेको भएपनि त्यतिबेला रेफ्रिले पेनाल्टी दिएका थिएनन् ।
तर इन्जुरी समयमा रोबन मेक्सिकोको डी बक्समा लडेपछि भने रेफ्रिले नेदरल्याण्ड्सलाई पेनाल्टी दिएका थिए । त्यो इन्जुरी समयमा पाएको निर्णायक पेनाल्टीमा भने आफूलाई मेक्सिकन खेलाडीले लडाएको र आफूले कुनै नाटक नगरेको रोबेनको दावी छ ।  
मेक्सिकोका प्रशिक्षक मिग्वेल हरेराले रोबेनले पेनाल्टीका लागि ३ पटक मेक्सिकोको डिबक्सभित्र लडेको आरोप लगाउँदै इन्जुरी टाइममा पनि नाटक गरेर लडेको तर रेफ्रिले त्यसलाई पेनाल्टी दिएको भन्दै आपत्ति जनाएका थिए । इन्जुरी समयमा रोबेनलाई मेक्सिकोको कप्तान मारक्वेजले लडाएपछि रेफ्रिले पेनाल्टी दिएका थिए र त्यहि पेनाल्टीलाई क्लास जान हन्टेलरले गोल गर्दा नेदरल्याण्ड मेक्सिकोलाई २–१ ले हराउँदै विश्वकपको क्वाटर फाइनलमा पुगेको छ ।
Tags: , , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page