विमल घर्तीमगरलाई युरोपियन क्लब एन्डरलेक्टले लिने पक्का


जेठ, काठमाडौं । युरोपियन फुटबल क्लब एन्डरलेक्टले नेपाली युवा फुटबलर विमल घर्तीमगरलाई अनुवन्धन गर्ने भएको छ । बेल्जियमको क्लब एन्डरलेक्टले विमललाई आफ्नो एकेडेमीमा लिने भएको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार विज्ञप्ती जारी गरि भनेको छ-’विमललाई पुनः २६ जुलाई, २०१४ देखि ३१ मे २०१५ सम्म आफ्नो एकेडेमीमा रही प्रशिक्षण गर्न आमन्त्रण गरेको छ ।’
विमलले आफ्नो भिसा भने तीन/तीन महिनामा रिन्यू गर्नु पर्नेछ । त्यसका लागि नेपाल आउने र र्फकने हवाई भाडा क्लबले व्यहोर्ने छ । साथै नेपाली राष्ट्रिय टिमलाई आवश्यक पर्दा महत्वपूर्ण खेलहरुको लागि उपलव्ध गराउने एन्फाले जनाएको छ ।
एन्डरलेक्टमा रहँदा विमलले एकेडेमीमा प्रशिक्षण लिनुका साथै मैत्रिपूर्ण तथा जुलाईमा हुने अन्तराष्ट्रिय युवा प्रतियोगितामा सहभागी हुनेछ । फिफाको खेलाडी ट्र्रान्फर रेगुलेशनका अनुसार १८ वर्षभन्दा कम उमेरका खेलाडीले अफिसियल खेल भन्ने खेल्न पाउँदैनन् ।
विमल एन्डरलेक्टमा दुई महिना प्रशिक्षण गरेर जेठ १८ गतेमात्र स्वदेश फर्किर्का थिए । प्रशिक्षणकै क्रममा विमलले एन्डरलेक्टका लागि ‘यू-१७ फ्युचर कप’मा गोल समेत गरेका थिए । फेनरवाचलाई २-० ले हराउँदै सेमिफाइनलमा पुग्दा एक गोल गरेका उनले अर्को गोलका लागि पास समेत मिलाइदिएका थिए । स्वेदश फर्किएपछि उनले अब युरोपमा खेल्न सक्ने विश्वास व्यक्त गरेका थिए ।
त्यसअघि उनले नेदरल्याण्डको एफसी ट्वान्टेमा ट्रायल दिएका थिए ।
नवलपरासीका विमल २ वर्षअघि एन्फा एकेडेमीबाट छनोट हुँदै काटमाठडौं आएका थिए । उमेर समूहमा उत्कृष्ट प्रदर्शनसँगै विमलले १५ वर्षको उमेरमा पाकिस्तानविरुद्धको मैत्रिपूर्ण खेलमा राष्ट्रिय टिममा डेब्यू गरेका हुन् ।
साफ च्याम्पियन्ससिपमा पाकिस्तानविरुद्ध गोल गरेपछि बंगलादेशका प्रशिक्षक रेने कोस्टरले विमललाई युरोपसम्म पुर्‍याएका हुन् । नेपाल १-० गोलले पछि परेको अवस्थामा विमलले गोल गर्दै घरेलु टोलीलाई सेमिफाइनलसम्म पुर्‍याएका थिए ।
नेपाल र एन्डरलेक्टबीच मैत्रिपूर्ण फुटबल
यसैबीच नेपाल र एन्डरलेक्टको यू-१६ टोलीबीच मैत्रिपूर्ण फुटबल हुने भएको छ । आगामी सेप्टेम्बरमा थाइल्याण्डको वैंककमा हुने एएफसी यू-१६ च्याम्पियनसिपको तयारीका क्रममा नेपाली टोलीले बेल्जियममा ट्रेनिङ गर्नेछ । एन्डरलेक्टले १५ दिने ट्रेनिङ क्याम्पका लागि आमन्त्रण गरेको र उक्त अवधिमा मैत्रिपूर्ण खेल हुने एन्फाका प्रवक्ता ललितकृष्ण श्रेष्ठले बताए ।

Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page