जेठ २२ ।
रौतहटमा १० किलोग्राम गाँजा सहित एक शिक्षक सहित दुई जना पक्राउ परेका छन् । कनकपुर गाविस ८ जंगलसैया टोलबाट १० किलोग्राम गाँजा बोरामा राखी अन्यत्र लैजाँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।
विशेष सूचनाको आधारमा पुगेको प्रहरी निरीक्षक रिपेन्द्रकुमार सिंहको टोलीले हिमाली जनता माविका शिक्षक माधोपुका राजुप्रसाद यादव र कनकपुर ९ की जिरादेवी चौधरीलाई पक्रेको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।