चितवन असार ९,
उप निर्वाचनमा चितवन क्षेत्र नम्बर ४ मा काङग्रेस उम्मेद्वार रामकृष्ण्ँ घिमिरे विजयी बन्नुभएको छ । घिमिरेले ३ हजार ४६ मतान्तरले निटतम् प्रतिद्वन्धिलाई पछि पार्दै विजयि वन्नुभएको हो ।
घिमिरेले २० हजार तीनसय १८ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यलय चितवनले जनाएको छ । निकटतम प्रतिद्वन्धि एमाले उम्मेदवार दिलकुमारी रावल पार्वतीले १७ हजार २ सय ७२ मत ल्याउनुभएको थियो । यसअघि भएको निर्वाचनमा पार्वती तेस्रो स्थानमा नै चित्त बुझाउनुपरेको थियो । एमाओवादीका उम्मेदवार खुशीराम तामाङ पाख्रिरनले ७ हजार ८ सय ५५ मत प्राप्त गर्नुभयो । चितवन ४ प्रधानमन्त्री सुशील कोइरालाले छाडेको क्षेत्र हो । मंसिर ४ मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा काङग्रेसले २० हजार ७ सय ६० मत ल्याएको थियो भने एमाओवादिले १० हजार ७ सय ३९ मत ल्याएको थियो ।एमालेको १० हजार ६० मत आएको थियो ।चितवन ४ मा ६५ हजार २ सय ९९ मतदाता रहेकोमा ४७ हजार ५ सय ३० मत खसेको थियो । जसमध्ये महिला २६ हजार ५ सय २७ जना रहेका थिए ।मुख्य निर्वाचन अधिकृत विनोमोहन आचार्यले विजयी उम्मेदवारलाई विहान ८ बजे औपचारीक रुपमा संविधानसभा सदस्यको प्रमाणपत्र वितरण गरीने वताउनुभयो ।
२ घण्टामानै मतपरिणाम सार्वजनिक गरीने भनि निर्वाचन आयोगले भन्दै आएपनि रातभर मतगणना पछि आज विहान अन्तिम मतपरिणाम सार्वजनिक भएको हो । चितवन क्षेत्र नम्वर ४ मा भएको निर्वाचन उत्साहपूर्ण र शान्तिपूर्ण ढङगले सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत विनोद मोहन आचार्यले बताउनुभयो ।त्यसैगरी, कैलाली क्षेत्र नम्बर ६ मा भएको उप निर्वाचनमा काङग्रेस उम्मेदवार पुष्करनाथ ओझा विजयी बन्नुभएको छ । त्यसैगरी, बदिर्या १ मा एमाले उम्मदेवार श्यामप्रसाद ढकाल विजयी बन्ुभएको छ ।