संविधानसभा उपनिर्वाचन : चितवन-४ र कैलाली-६ मा कांग्रेस , वर्दिया-१ मा एमाले विजयी,काठमाडौँ-२ मा कांग्रेसकै अग्रता

९ असार, काठमाडौँ । संविधानसभाको उपनिर्वाचनमा चार मध्ये दुर्इवटा क्षेत्रमा काँग्रेस र एक क्षेत्रमा एमालेले जित हात पारेका छन् । आइतबार भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर ४ र कैलाली ६ मा कांग्रेस विजयी भएको छ भने बर्दिया १ मा नेकपा एमालेले जित हासिल गरेको छ ।
 चितवन-४ बाट कांग्रेसका रामकृष्ण घिमिरे विजयी भएका छन् । घिमिरेले एमालेकी पार्वती रवाललार्इ झन्डै तीन हजार मतले पराजित गरेका हुन् ।
 घिमिरेले २० हजार तीन सय १८ मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी रावलले १७ हजार २ सय ७२ मतमात्रै पाइन् । तेस्रो स्थानमा रहेका एमाओवादीका उम्मेदवार खुशीराम पाख्रिनले भने ७ हजा ८ सय ५५ मतमा पाएका छन् । । यसअघि मंसिर ४ मा भएको निर्वाचनमा यो क्षेत्रवाट कांग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला विजयी भएका थिए ।
 कैलाली-६ मा ओझा विजयी
 यसैगरी कैलाली ६ बाट कांग्रेसका पुष्करनाथ ओझा विजयी भएका छन् । उनले एमालेकै महेश्वर पाठललार्इ पराजित गर्दै विजयी भएका हुन् । ओझाले १४ हजार ७ सय ८५ मत ल्याउँदा पाठकले ११ हजार ९ सय ५९ मत प्राप्त गरेका छन् भने तेस्रो स्थान हात पारेका राप्रपा नेपालका राजेश भण्डारीले ४ हजार ३ सय ६४ मत प्राप्त गरेका छन् ।
 बर्दिया-१ मा ढकाल विजयी
 बर्दिया-१ मा एमालेका श्यामप्रसाद ढकाल विजयी भएका छन् । ढकालले कांग्रेसका उम्मेदवार सादे विष्टलार्इ पराजित गरेका हुन् । ढकालले १६ हजार ६ सय ९६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विष्टले ११ हजार ३ सय ३५ मत प्राप्त गरेका छन् । यस्तै एमाओवादीका उम्मेदवार भवनकुमा थारुले ११ हजार ३१ मत प्राप्त गरेका छन् ।
 काठमाडौँ-२ को मतगनणा जारी
 काठमाडौ २ को मत गणणा जारी छ ।पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार दीपक कुँइकेलले अग्रता लिइरहेका छन् भने उनलजार्इ एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले पछ्याइरहेका छन् ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page