चितवन जिल्लाको जग्गाको किनबेचको संख्या घटबढ भएपनि मूल्यमा भने कुनै फरक नपरेको पाइएको छ !


भरतपुर । साइकल मोटरसाइकलमा हिँडेकाहरु महिना दिनमै गाडीमा चढ्नेसम्मको हैसियत यहाँको जग्गा कारोवारले बनायो । जतिखेर जग्गा कारोवारको कुनै मेलोमेसो नभएकाहरु पनि जग्गा बिक्रीका लागि भन्दै दिनरात कुदिरहेका देखिन्थे ।
देशमा राजनीतिक परिवर्तन भएसँगै चितवनमा जग्गाको कारोवार अप्रत्याशित रुपमा बढेको थियो । द्वन्द्वको कारण पहाडी क्षेत्रबाट चितवन झरेकाहरुले मात्र सामान्य किनबेच गर्ने गरेको यहाँको जग्गा दोस्रो जनआन्दोलन र संविधानसभाको पहिलो निर्वाचनपछि एक्कासि वृद्धि भएको थियो । विसं ०६४÷०६५ ताका चितवनमा जग्गा प्लटिङको पनि निकै लहर चलेको थियो ।
रहर र बाध्यताले दुवै हिसाबले पहाडी जिल्लाबाट चितवन आउनेहरुको यस समयमा लर्को नै लाग्यो । विदेश गएकाहरुको रोजाइ पनि अन्यत्र जिल्लाभन्दा चितवन नै पहिलो रोजाइ क्षेत्र बन्यो । विकासका पूर्वाधार पर्याप्त रहेकाले  बसाइँसराइँको मुख्य गन्तव्य बनेको यहाँका जग्गा व्यवसायीहरु बताउँछन् ।
तर, कुनै समय उच्च रहेको जिल्लाको जग्गाको कारोवार पछिल्ला वर्षमा सुस्त भएको छ । जग्गा व्यवसाय गर्दै आएका गंगा प्रालिका अध्यक्ष दिनेशकुमार चुकेले जग्गा किनबेचको संख्या घटबढ भएपनि मूल्यमा भने कुनै फरक नपरेको बताए । पछिल्लो समय जग्गा किनेर घर बनाउने समय र प्राविधिक ज्ञानको कमीका कारण मानिसहरु तयारी अवस्थाको घर किन्नेतर्फ उन्मुख भएको उनको भनाइ छ । उनले भने, ‘जग्गा बेच्ने भन्दा पनि हाउजिङसहितको कारोवार बढेको देखिन्छ ।’
आर्थिक वर्ष ०६५÷०६६ मा कुल ३४ हजार २१२ रजिष्ट्रेशन पास रहेको मालपोत कार्यालयका नासु बुद्धिकुमार श्रेष्ठले जानकारी दिए । आर्थिक वर्ष ०६६÷०६७ मा यो संख्या बढेर ४० हजार ८७५ पुग्यो । तर ०६७÷०६८ मा भने यो संख्या झण्डै १५ हजारले घटेर २५ हजार ८०१ मा सीमित रह्यो ।
यस चालु वर्षको अन्त्यसम्मा २२ हजार पास संख्या पुग्ने अनुमान कार्यालयको छ । यस आर्थिक वर्षको वैशाख महिनासम्ममा १८ हजार ५१६ रजिष्टे«शन पास भएको छ । हालसम्मको रजिष्टे«शन पासबाट कुल राजस्व २२ करोड २६ लाख ५६ हजार ७०९ रुपैयाँ संकलन भएको छ ।
आर्थिक वर्ष ६९÷७० को वार्षिक जग्गा रजिष्ट्रेशन ३१ हजार ९६० रहेको छ । जसबाट २१ करोड ३० लाख १४ हजार ५२८ रुपैयाँ राजस्व संकलन भएको थियो । आर्थिक वर्ष ६८÷०६९ मा २० हजार २९२ वटा रजिष्टे«शन पास भएको थियो । जसबाट १७ करोड ५ लाख ८६ हजार ६६२ रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यस्तै आर्थिक वर्ष ०६७÷०६८ मा कुल २५ हजार ८७१ वटा रजिष्टे«शन पास भएको र कुल १५ करोड ६ लाख ९६ हजार ८४१ रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०६६÷०६७ मा ४० हजार ८७५ वटा जग्गा रजिष्टे«शन पास भएको थियो । जसबाट कार्यालयले कुल २६ करोड ८२ लाख ८९ हजार राजस्व संकलन भएको छ ।
आर्थिक वर्ष ०६५÷०६६ मा ३४ हजार २ सय १२ वटा रजिष्टे«शन पासबाट १८ करोड १९ लाख १२ हजार ८५९ रुपैयाँ राजस्व संकलन भएको नासु श्रेष्ठले जानकारी दिनुभयो ।
आर्थिक वर्ष    रजिष्ट्रेशन संख्या    राजस्व संकलन (रुपैयाँ)
०६५÷०६६
०६६÷०६७
०६७÷०६८
०६८÷०६९
०६९÷०७०
०७०÷०७१
वैशाखसम्म
३४,२१२
४०,८७५
२५,८७१
२०,२९२
३१,९६०
१८,५१६    १८ क. १९ ला.१२ ह. ८५९
२६ क. ८२ ला. ८९ ह
१५ क. ६ ला. ९६ ह. ८४१
१७ क. ५० ला. ८६ ह. ६६२
२१ क. ३० ला. १४ ह. ५२८
२२ क. २६ ला. ५६ ह. ७०९
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page