चितवनमा ४ मा मदिरा विक्री वितरण बन्द (विज्ञप्तीसहित)

जेठ ३१
जिल्ला प्रशासन कार्यालय चितवनले उपनिर्वाचन हुन लागेको चितवन क्षेत्र नं ४ मा मदिरा विक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशानले संविधानसभा सदस्य उपनिर्वाचनलाई स्वतन्त्र, निश्पक्ष, सुरक्षित र भयरहित बनाउन आजदेखि नै अर्को सूचना जारी नभए सम्मको लागि साझ ७ बजेदेखि मदिरा विक्री वितरणमा रोक लगाएको हो । प्रशासकिय अधिकृत शेषकान्त पौडेलद्वारा जारी विज्ञप्तीमा सूचनालाई नमानि अटेर गरेको पाइएमा मदिरा विक्री वितरण गर्ने र सेवन गर्ने दुवै पक्षलाई प्रचलित कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिइएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियारहरुलाई जिल्ला प्रहरी कार्यालय वा नजिकैको प्रहरी चौकीमा बुझाउन आग्रह गरेको छ । प्रशासकिय अधिकृत शेषकान्त पौडेलद्वारा जारी विज्ञप्तीमा संविधानसभा सदस्य उपनिर्वाचनलाई स्वतन्त्र, निश्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि इजाजत प्राप्त हातहतियार समेत लिएर हिड्न नपाईने व्यवस्था गरिएको उल्लेख छ । मतदाताहरुलाई भय त्रासको वातावरणबाट मुक्त गराई स्वतन्त्र रुपमा मतदान प्रक्रियामा भाग लिने अवस्था सिजर्ना गर्न निर्वाचन पक्रिया नसकिन्जेल सम्म इजाजत प्राप्त हातहतियार प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ । निर्वाचन पश्चात हातहतियार सम्बन्धित निकायबाट नै फिर्ता गरिने विज्ञप्तीमा जनाइको छ ।  
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page