नेयमारले गर्लान् १०० गोल ?

Neymarजब समय आयो, नेयमार चम्किए । मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएपछि विश्वकपमा ब्राजिलको यात्रामा धेरैले प्रश्न गरेका थिए ।
तर, जब ब्राजिललाई जित चाहियो, त्यो पनि ठूलो अन्तरको । स्टार स्ट्राइकर नेयमार चम्किए । उनको दुई गोलको मदतमा क्यामरुनलाई ४-१ ले हराउँदै घरेलु टोली विश्वकपको अन्तिम १६ मा मात्र पुगेन, प्रि-क्वाटरफाइनलमा बलियो टोली नेदरल्याण्डसँगको भेट समेत टारेको छ ।
२२ वर्षका नेयमारको राष्ट्रिय टोलीबाट यो ५२ औं खेल थियो, जसमा उनले ३५ गोल गरेका छन् । उनमा १०० अन्तराष्ट्रिय गोल गर्ने समय मात्र होइन, क्षमता पनि छ । क्यामरुनविरुद्ध उनले गरेको दोस्रो गोल भने यो हाई स्कोरिङ विश्वकपको १०० औं गोल थियो ।
यद्यपि १७ र ३५ औं मिनेटमा गोल गरेका उनले दोस्रो हाफमा हृयाट्रिक गर्ने मौका समेत पाएका थिए, तर सकेनन् । क्यामरूनका मटिपसँग ठोक्किएर घाइते भएपछि नेयमार ७१ औं मिनेटमा मैदानबाट बाहिरिए भने विलियन उनको स्थानमा गए ।
नेयमार यो विश्वकपका हालसम्मका सर्वाधिक गोलकर्ता समेत हुन् । उनले चार गोल गरेका छन् ।

Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page