इराकमा नेपाली अलपत्र । कन्टेनरमा लुकेर ज्यान जोगाउँदै, को को छन ?

इराकमा नेपाली अलपत्र । कन्टेनरमा लुकेर ज्यान जोगाउँदै, को को छन ?
९ असार, दोहा ।
इराकको हिंसाग्रस्त क्षेत्र टिक्रिटमा १२ दिनदेखि फसेका ३ नेपाली कामदार सुरक्षाको खोजी गर्ने क्रममा नजिकको एक अस्पतालमा पुगेका छन् । उनीहरु अस्पतालको एउटा कन्टेनरमा लुकेर बसिरहेका छन् । कन्टेनरमा थप २७ जना बंगली रहेका छन् ।
राजधानी बग्दादबाट एकसय ४० किलोमिटर उत्तरस्थित टिक्रिटस्थित टिक्रिट टिचिङ अस्पतालमा पुगेका हुन् । कानेपोखरी(९, मोरङका ३८ बर्षीय मोहनकुमार बस्नेत, दमक-१३, झापाका ३८ बर्षीय प्रेस गिरी, घोरही ठाकुर-९ का टोपबहादुर बस्नेत फसेका छन् ।
'अरुसँग सम्र्पक गर्न सकिन्छ भनेर लुक्दै छिप्दै टिचिङ अस्पतालमा आइपुग्यौं । यो अस्पतालमा काम गर्ने डाक्टर, नर्स र अरु स्टाफहरुलाई बिद्रोही लडाकुको नियन्त्रणमा रहेछ', बस्नेतले भने,'उनीहरुलाई ताल्चा राखेर भित्रै थुनिदिएको छ । हामी भने बाहिरको कन्टेनरमा बसेका छौं ।'
बस्नेतले सुरक्षाको लागि आउँदा झन अप्ठयारोमा परेको बताए । 'ती थुनिएकाहरु भारतीय, पाकिस्तानी र बंगालीहरु छन् । सायद हामी नजिकै होटलमा काम गर्ने ६ जना नेपाली पनि त्यही अस्पतालभित्र छन् जस्तो छ', बस्नेतले भने,'ती ६ जना नेपाली हाम्रो सम्र्पकमा छैनन् ।'
पूर्व इराकी शासक सद्दाम हुसेनको जन्मस्थान रहेको टिक्रिटमा फसेका नेपालीहरुले आफुहरु निकै चिन्तित रहेको बताए । 'अब के हुन्छ थाहा छैन', गिरीले भने,'छिटो उद्धार भइएला कि भनेर अस्पतालमा आइयो । यो पूरैै बिद्रोही नियन्त्रणमा रहेछ ।'
यसअघि उनीहरु एक इराकीले छाडेर गएको घरमा ११ दिनदेखि लुकेर बस्दै आएको बताएको होम कार्कीले इकान्तिपुरमा खवर लेख्नुभएको छ ।
टिक्रिटको मन्त्रालयमा बिद्युतीय मजदुरको रुपमा काम गर्दै आएका थिए । उनीहरु काम गर्ने भवन बिद्रोहीको बमले ध्वस्त भएसँगै राहदानी पनि जलेर नष्ट भएको छ ।
उनीहरुले छिटोभन्दा छिटो उद्धार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । 'हामीलाई तुरुन्तै उद्धार चाहन्छौु', गिरीले भने,'दुताबासबाट फोन आइरहेको छ । हामी सक्दो सहयोग गर्छु भनिरहेको छ । तर, कसरी उद्धार भइन्छ भन्ने थाहा भएको छैन ।'
इराकको जिम्मेवारी पाइरहेको पाकिस्थानस्थित राजदुत भरतराज पौड्यालले फसेका नेपालीलाई उद्धारको लागि अन्तराष्ट्रिय मानव अधिकारवादी संस्थाहरुलाई आग्रह गरिसकेको बताए । ुत्यहाँ सरकारी उपस्थीति नभएकोले हामीले आइओएम लगायत सस्थाहरुलाई आग्रह गरेका छौुं, उनले कान्तिपुरलाई बताए ।
फसेका नेपालीले बंगालीहरुको उद्धारको लागि बंगली सरकारले पनि प्रयास गरिरहेको बताए । ुहाम्रो सरकारले बंगाली सरकारसँग समुन्वय गरेर उनीहरुसँगै उद्धार गर्न हामी अनुरोध गर्दछौुं, बस्नेतले भने । उनीहरुले खाना, पानीको लागि अहिलेसम्म समस्या भने नभएको बताए ।
त्यसैगरी इराकको र्किकृकबाट ७३ किमोमिटर दक्षिणमा पर्ने सुदहुर्मादीमा काम गर्ने पाँच जना नेपाली कामदारले आफुहरुलाई उद्धार गर्न अपिल गरेका छन् । एउटा स्टोरमा काम गर्ने उनीहरु बजारमा सामानहरु बिक्री गर्ने काम गर्छन् ।
नुवाकोटका राजुबहादुर आले मगर, म्याग्दीका ओमप्रसाद पुन, रुपन्द्रेहीका देबदहका नारायण राउत क्षेत्री, इन्द्रप्रसाद धिताल र रामप्रसाद खरेलले आफहरु स्वदेश फिर्न चाहेको बताए । 'यहाँ के हुन्छ भन्ने यकिन छैन् । अलि अघि नजिकै आत्मघाती बमहरु बिस्फोट हुने गथ्र्योु, दुई लाख ५० हजार तिरेर ७ महिना आएका खरेलले कान्तिपुरलाई भने,'हामीलाई यहाँ एकछिन बस्न मन छैन ।'
उनीहरुले आफुहरुलाई घर पठाइदिन आग्रह गरेपनि मालिकले नआत्तिन आग्रह गरेका छन् । 'त्यस्तो केही हँदैन । लडाई चर्केमा आफै स्वदेश पठाइदिन्छ भनेर मालिकले भनेका छन्', उनले भने,'तर, स्थिति सामान्य होला जस्तो छैन् । हामी बाहिर घुमेर काम गर्न पर्छ । वरिपरि अरु नेपाली छैन् । जसरी भए पनि स्वदेश फिर्न चाहन्छौं ।'
राजदुत भरतराज पौड्यालले आफुहरुलाई सम्र्पक गरी त्यहाँबाट निस्कन सुझाब दिएको खरेलले बताए । ती कामदारले त्यहाँ मासिक ५ सय डलरमा काम गर्दै आएका हुन् ।
त्यस्तै बिद्रोहीको नियन्त्रणबाट ३ दिनपछि मुक्त भएका नेपाली अझै घर फिर्न सकेका छैन् । उनीहरु क्रिक्रुटको एउटा होटलमा बस्दै आएका छन् । मुक्त हुनेमा रामेछापस्थित सुकाजौर गाविसका ३२ बर्ष बिष्णु बस्नेत, धनकुटास्थित खुवाथोक गाविसका ४४ बषिर्य इन्द्रकुमार लिम्बु, धनुकुटा मुडेबासका २४ बषिर्य सुबास नेवाङ, दाङ लमहीका अनिल चौधरी रहेका छन् ।
बग्दादबाट दुई घण्टा टाढा रहेको अलदोरबाट सुरक्षीत स्थान सुलेमानिया जानेक्रममा आलदौराकै भन्नेको अन्तिम सिमानाबाट अलकाइदा भन्ने समुहबाट चार जना नेपाली सहित ४५ जना विदेशी कामदार अपहरणमा परेका थिए । इराकको एटिके कन्ट्रक्सन कम्पनीमा कार्यरत छन् । त्यसमा झन्डै दुई सय नेपाली कार्यरत छन् । 'हामीलाई पठाउन अझै समय लाग्छ जस्तो छ', क्रिकुटबाट सम्र्पकमा अएका बस्नेतले भने,'बग्दादका साथीहरुलाई पठाएपछि हामीलाई पठाउने भनेका छन् ।'
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page