पेलेले ब्राजिलको खेल हेर्न पाएनन्

असार ४ - फुटबलका महान खेलाडी पेलेले आफ्नै देशमा भएको विश्वकपमा आफ्नै देश ब्राजिलको खेल हेर्न पाएनन ।
५ पटक विश्वकप जितेको ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा ब्राजिलले विश्वकप जित्दा टिमका सदस्य रहेका पेलेले ट्राफिक जाममा परेका कारण बुधबार बिहान ब्राजिल र मेक्सिकोबीचको खेल हेर्न नपाएका हुन् ।
आफ्नो पहिलो खेलमा क्रोएशियालाई हराएको ब्राजिल मेक्सिकोसित भने एक एकको बराबरीमा रोकिएको थियो ।
सान्तोषबाट साउपाओले जाने क्रममा पेले ट्राफिक जाममा परेका थिए । ट्राफिक जाममा फसेपछि आफूले खेलको पहिलो हाफको रेडियोमा कमेन्ट्री सुनेको बताए । उनले भने ‘मैंले जिन्दगीमा दोश्रो पटक आफ्नै देखको खेल रेडियोमा सुन्नु पर्यो ।’
उनले यसअघि सन् १९५० मा ब्राजिलमा नै भएको विश्वकपमा पनि रेडियो कमेन्ट्री सुनेको जानकारी दिए ।  त्यतिबेला पेले मात्र १० वर्षका थिए । १९५८ देखि १९७१ सम्म ब्राजिलको राष्ट्रिय टिमबाट खेलेका उनले ब्राजिलियन क्लव सान्तोषबाट १८ वर्ष खेलेका थिए । पेलेले ग्लोबो टेलिभिजनकोसँगको कुराकानीमा ब्राजिलले मेक्सिकोसँग नराम्रो नखेलेको प्रतिक्रिया दिँदै भने ‘तर उनीहरुले खेल जित्न सकेनन् ।’ उनले विश्वकपमा खेल्नु त्यति सहज नभएको भन्दै भगवानले कृपाले ब्राजिल फाइनलमा पुग्ने विश्वास व्यक्त गरे । उनले सकरात्मक सोच्न सबैलाई आग्रह पनि गरे ।
Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page