प्रधानमन्त्रीको तस्बिर भएको प्रचार सामग्री प्रयोग नगर्न निर्वाचन आयोगको चेतावनी

चितवन, असार ४ जिल्ला निर्वाचन कार्यालय चितवनले प्रधानमन्त्री सुशील कोइरालाको तस्बिर अंकित पर्चा वितरण गरेर चुनाव प्रचार नगर्न आग्रह गरेको छ ।बहालवाला प्रधानमन्त्रीको तस्बिर छाप्नु आचारसंहिता विपरित रहेको भन्दै आयोगले त्यसो नगर्न भनेको हो ।प्रधानमन्त्री कुनै पार्टीको सभापति भएपनि हाल सरकार प्रमुख भएकाले उहाँको तस्बिरसहितको पर्चा बनाएर वितरण गर्न नहुने निर्वाचन आयोगकी सह सचिव लिलादेवी गड्तौताले बताउनुभयो ।चितवनमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस बिषयमा निर्वाचन कार्यालयमा जानकारी आइसकेको र त्यस्ता गतिविधि रोक्न निर्वाचन कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाईसकेको उहाँले जानकारी दिनुभयो ।पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त इला शर्माले कुनै पनि उम्मेदवारले आचारसंहिता उल्लंघन गर्दैमा सुरुमानै कारबाही नगरिने बताउनुभयो । कुनै उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको उजुरी परेमा सुरुमा सचेत गराउने, सचेत गराउँदा पनि नरोकिएमा स्पष्टिकरण लिने र जरीवानासमेत गराउन सकिने उहाँले बताउनुभयो ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page