असार ११–
भारतको बिहारमा छपरा जिल्ला नजिकै एक्सप्रेस रेल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । अन्य १० यात्रु घाइते भएका छन् ।
यो रेल दिल्लीबाट असामको डिब्रूगढ जादै थियो । दुर्घटनाको बारेमा जानकारी दिदै छपरा जिल्लाका प्रहरी अधिकृत सुजीत कुमार सिंहले घाइते दशको छपरा जिल्ला स्थित अस्पतालमा उपचार भैरहेको जानकारी दिएका छन् ।
घाइतेहरुको अवस्था सामान्यजनक रहेको सिंहको भनाई छ । रेलवे बोर्डका अध्यक्ष अरुणेंन्द्र कुमारले मृत्यु हुनेलाई दुई लाखको मुआब्जा दिने बताएका छन् ।
प्रहरी अधिकृत सिंहले घटना कसले घटाएको हो भन्ने खुल्न नसकेको जानकारी दिएका छन् । यस्तै आतंकवादीले आजै सारण प्रमंडलमा बन्दको घोषणा गरेको छ । ( एजेन्सीको सहयोगमा )